१७ आश्विन २०७९, सोमबार

काठमाडौँ महानगर कमिटी प्रचार डेस्क स्थापना

प्रकाशित मिति :  १६ बैशाख २०७९, शुक्रबार १५:०९


काठमाडौँ । नेकपा (एमाले) महानगर कमिटी प्रचार विभागले र प्रेस चौतारी नेपालको संयोजनमा प्रचार डेस्क स्थापना गरेको छ ।

यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रचार डेस्क स्थापना गरिएको हो । डेस्क स्थापना गर्दै नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले काठमाडौँ महानगरपालिकाका ३२ वटै वटामा एमाले तर्फका उम्मेदवार विजयी गराउँन र वडा–वडाका गतिविधिलाई सभ्य, व्यवस्थित र प्रभावकारी ढंगले संप्रेषण गर्न मिडिया डेस्क प्रभावकारी हुने बताउनुभयो ।

वागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्यले पनि प्रचारको कामलाई थप व्यवस्थित बनाउन प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले पार्टी र प्रेस चौतारी मिलेर प्रचार गतिविधि अघि बढाउने जानकारी दिनुभयो ।

कार्यक्रमा अध्यक्ष गणेश बस्नेतले आवश्यक जनशक्ति खटाउन प्रेस चौतारी तयारी अवस्थामा रहेको भन्दै प्रचारको कामलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेतलगायत पनि सहभागी हुनुहुन्थ्यो ।

विहीबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिडिया डेस्कको अवलोकन गर्दै व्यवस्थित प्रचारको काम अघि बढाउन निर्देशन दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..