२२ मंसिर २०७९, बिहीबार

पहिलो पुस्ताका कम्युनिष्ट नेता उपाध्यायको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  १६ बैशाख २०७९, शुक्रबार १५:१८


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनमा लामो जीवन बिताउनु भएका पहिलो पुस्ताका नेता लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज शोक वक्तव्य जारी गर्दै उहाँले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको उल्लेख गर्नुभएको छ ।
नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उहाँले निरन्तर कम्युनिष्ट आन्दोलनमा पु¥याएका योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गरे वक्तव्यमा उल्लेख गरिएको छ ।
“हाम्रो पार्टी उनका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उनका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ”, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ ।
उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेको वक्तव्यमा जनाइएको छ । उहाँ १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिनु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..