सूर्य चिन्ह लिएर स्थानीयतहमा चुनाव लड्दै माओवादी

काठमाडौं । माओवादी केन्द्र कांग्रेस सँगको गठबन्धनमा स्थानीय चुनाव लड्ने अन्तिम तयारीमा रहेका बेला कतिपय जिल्लामा भने कार्यकर्ताहरूले नेतृत्वलाई चुनौती दिँदै सूर्य चिन्हबाट चुनाव लड्ने अन्तिम तयारी गरेका छन् ।
गुल्मीको कालीगण्डकीमा माओवादी केन्द्रले सूर्य चिन्ह लड्नेगरी उपाध्यक्ष लिएर नेकपा (एमाले) को अध्यक्षलाई मतदिने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्षमा ओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ । माओवादीले अध्यक्ष लिएको गाउँपालिकामा भने एमाले आफ्नै सूर्य चिन्ह्बाट लड्ने लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो ।
रोल्पाको माडीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले, त्रिवेणीमा अध्यक्ष एमालेलाई र उपाध्यक्ष कांग्रेसले लिने सहमति भएको छ । नेकपा (एमाले), काँग्रेस र विप्लवको त्रिपक्षीय तालमेलमा विप्लव नेतृत्वको नेकपालाई सुनसहरी गाउँपालिका अध्यक्ष दिने सहमति भएको छ । त्यहाँ उपाध्यक्ष कांग्रेस र बहुमत वडा एमालेले लिने सहमति छ । नवलपरासीको एउटा स्थानीय तहमा जनमुक्ति पार्टीले एमालेको सूर्य चिन्हमा उपप्रमुख लड्दैछ भने त्यहाँ एमालेले प्रमुख लिएको छ ।
एमाले कर्णालीप्रदेश ईन्चार्ज यमलाल कँडेलका अनुसार कालिकोटका स्थानीयतहहरूमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यस्तै, डोल्पाका कतिपय गाउँपालिकामा नेकपा एमालेसँग एसले पनितालमेल गरेको र हुम्लामा एससँगै तालमेलको प्रयत्न भइरहेको कँडेलले बताउनुभयो । कर्णालीका ७९ स्थानीयतह मध्ये २५ नगरपालिका छन् । एमालेले ७७ ओटा स्थानीयतहमा उम्मेद्वारी दिएको छ । डोल्पाको सेफोक्सुण्डो गाउँपालिका अध्यक्ष एमालेबाट निर्विरोध निर्वाचित भएका छन् ।
वागमतीका ११९ स्थानीयतह रहेकोमा एमालेले नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मणिन र अर्को एक गाउँपालिकामा माओवादी केन्द्रबाट बिद्रोही उम्मेदवारी दिने स्वतन्त्र उम्मेद्वारसँग तालमेल गरेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताउनुभयो ।
वागमतीको काठमाडौं, ललितपुर र भरतपुर महानगरमध्ये भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको छ ।