१४ मंसिर २०७९, बुधबार

‘वृद्ध भत्ता दिने एमालेलाई आशिर्वाद छ’

प्रकाशित मिति :  १७ बैशाख २०७९, शनिबार ०३:३३



रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगेका हुन् ।
घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिए । उनीहरूले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आशिर्वाद समेत दिए । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, एक बृद्धाले भन्नुभयो ।
मेयर पदकी उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव प्रसाद पाठक, रत्ननगर– ९ का वडाध्यक्ष पदका उम्मेदवार घपन बहादुर लामालगायत वडा सदस्यका उम्मेदवारहरू घरदैलो कार्यक्रममा हुनुहुन्छ ।
कृष्ण मन्दिर चोकमा आयोजित कोणसभामा बोल्दै मेयर र उपमेयरका उम्मेदवार दुवाडी र पाठकले रत्ननगरलाई विकासको उचार्इंमा पु¥याउन, रोजगारी सिर्जना गर्न, ग्रामीण क्षेत्रमा पर्यटन विकास गर्न र सुकुम्बासीलाई लालपुर्जा सुनिश्चित गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
पछिल्लो पाँच वर्षको अवधिमा रत्ननगरमा ठूला योजना निर्माणको प्रक्रिया सुरु गरिएको भन्दै दुवाडीले नगरलाई आवश्यक पर्ने गौरवका योजना निर्माण गरी रत्ननगरको शहरीकरणलाई अन्तर्राष्ट्रिय स्तरको वनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उपमेयरका उम्मेदवार पाठकले एमालेको नेतृत्वबाट मात्रै समृृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले सुरुवात गरेका योजनालाई सम्पन्न गरेर छाड्ने बताउनुभयो ।
पूर्वी चितवनकै कालिका नगरपालिकामा पनि एमालेले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । कालिकामा मेयरका उम्मेदवार विनोद रेग्मी र उपमेयरकी उम्मेदवार विमला लामाले शुक्रबार वडा न.ं १ मा घरदैलो गर्नु भयो । वडा नं. १ को अध्यक्षमा बुद्धि बोम्जनले उम्मेदवारी दिनुभएको छ ।
पूर्वी चितवनको चार वटै पालिकालाई एमालेको गढका रूपमा लिइन्छ । २०७४ सालको निर्वाचनमा एमालेले चार वटै पालिकामा जितेको थियो । यसपटक पाँच दलीय गठबन्धनसँग एमाले एक्लै भिड्दै छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..