१७ मंसिर २०७९, शनिबार

‘कम्फर्टेवल सरकारका कारण अर्थतन्त्र अस्तव्यस्त’

प्रकाशित मिति :  १७ बैशाख २०७९, शनिबार ०५:०३



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) ले अहिले देशको स्वतन्त्रता, लोकतन्त्र र अस्मिता जोखिममा रहेको बताउनुभएको छ । ।
ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधनगर्दै देशको लोकतन्त्रप्रतिगमनतिर फर्केको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘लोकतन्त्रभनेको जनादेशबाट लागू हुने प्रणाली हो । तर, त्यो लोकतन्त्र अहिले प्रतिगमन तिर फर्केको छ । देश आज जनादेशबाट होइन, अध्यादेशबाट सञ्चालित भइरहेको छ ।’ साथै उहाँले यो अलोकतान्त्रिक र राष्ट्रघाती सरकारले देशको अर्थतन्त्र अस्तव्यस्त बनाएको वताउनुभयो ।
नेपालको समृद्धि उल्टो दिशातिर अगाडि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो कम्फर्टेबल सरकारले देशको अस्मितार लोकतन्त्रलाई बन्धकी राखेको हामीले देखेका छौं । एमसिसिको घटना होस् या महाकालीको घटना,तपाईंले हेर्नु भो भने देशको राष्ट्रियता र अस्मितालाई विदेशीसँग बन्धकी राखेको पाउनु हुने छ ।’
योसँगै उहाँले आगामी स्थानीयतहको निर्वाचनमा नेकपाएमाले आफ्ना नाराहरू स्पष्ट रूपमा लिएको जिकिर गर्दै देश समृद्धिको लागि नेकपा एमालेलाई अत्यधिक स्थानमा जिताउनुका ेविकल्पन भएको बताउनुभयो ।
उपाध्यक्ष थापाले एमालेले स्थानीयतहमा ६० प्रतिशतभन्दाबढी सिट जित्ने वताउनुभयोे ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..