३१ श्रावण २०७९, मंगलवार

ललितपुर महानगरमा एमालेका एक सदस्य निर्बिरोध

प्रकाशित मिति :  १७ बैशाख २०७९, शनिबार ०६:०१



ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध हुनुभएको हो ।
यद्यपी यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उहाँ निर्बिरोध हुनुभएको हो । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन ।
नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन ।
सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिनुभएको छ । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्बिरोध भएकोमा खुसी खुसी व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..