४ भाद्र २०७९, शनिबार

गठबन्धनलाई झड्का दिने यी हुन् बागलुङमा एमाले उम्मेदवार

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार ०२:५८



बागलुङ । नेकपा (एमाले) ले बागलुङका सबै पालिकामा चुनावी प्रचार अभियानलाई तीब्र बनाएको छ । बागलुङमा एमालेले केही पालिकामा पुरानै अनुभवी जनप्रतिनिधिलाई पुनः उम्मेदवार बनाएको छ भने केही पालिकामा नयाँ र युवालाई पालिका हाँक्न अगाडि सारेको छ । पार्टीभित्रका केही असन्तुष्टिहरू समाधान गरेर नेकपा एमाले बागलुङले चुनावी प्रचार अभियानलाई तिब्र बनाएको छ । यसअघिको निर्वाचनमा जीत हासिल गरेका चार स्थानीय तहसहित जिल्लाका दशवटै स्थानीय तहमा एमाले आक्रामक रूपमा प्रचार प्रसार अभियानमा लागेको हो ।
बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जनकराज पौडेललाई उम्मेदवार बनाएको छ । निवर्तमान नगर प्रमुख पौडेललाई हुँदै गरेका कामलाई पूर्णता दिन र भएका कामको रक्षा तथा जनउपयोगी बनाउनका लागि पुनः उम्मेदवार बनाएको हो । एमालेले उपप्रमुखमा राप्रपाका सञ्जय खड्कालाई उपमेयर बनाएको छ । बागलुङ नगरमा एमालेले राप्रपासँग तालमेल गरेको छ । बागलुङ नगरपालिकालाई ‘सांकृतिक व्यापारिक पर्यटकीय नगर’ बनाउने सपना एमालेले देखेको छ ।
बागलुङ नगरपालिकाका १४ वडामा एमालेले वडाअध्यक्षमा उम्मेदवारी दिएको छ । वडा नं. १ मा दुर्गाबहादुर सार्की, २ मा राम बहादुर जिसी, ३ मा कमल खड्का, ४ मा कल्याण केसी, ५ मा हरिप्रसाद शर्मा, ६ मा रुद्रबहादुर केसी, ७ मा मेघराज शर्मा, ८ मा जीतबहादुर खत्री (राजन), ९ मा अगनबहादुर खड्का, १० मा विजय थापा (प्रेम), ११ मा चिरञ्जीवी केसी, १२ मा गुरुदत्त पाठक, १३ मा टेकबहादुर रोका, १४ मा आनन्द आचार्यलाई उम्मेदवार बनाएको छ ।

जैमिनी नगरपालिका
जैमिनी नगरपालिकामा एमालेका लिला रानाले प्रमुख र उषा पौडेलले उपप्रमुुखमा उम्मेदवारी दिनुभएको छ । समृद्ध जैमिनी नगर बनाउने सपना सहित एमाले निर्वाचनमा होमिएको हो । निवर्तमान उपप्रमुख रहेका लिला राना प्रमुखमा उम्मेदवार हुनुभएको छ । जैमिनीका दशवटै वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । एमालेले जैमिनीको वडा नं. १ मा रुद्रनाथ आचार्य, २ मा विष्णुराज विक, ३ मा वेदबहादुर छन्त्याल, ४ मा विकास शाही, ५ मा कृष्णबहादुर हमाल, ६ मा राजु थापा, ७ मा जयराम शर्मा, ८ मा केवी पुन, ९ मा सन्दीप थापा (इन्द्र) र १० मा छविलाल श्रीसलाई उम्मेदवार बनाएको छ ।
काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकामा एमालेका डिलबहादुर कार्कीले अध्यक्ष र कोपिला पुनले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । एमालेले काठेखोलामा एक वडा एक पहिचानका कार्यक्रम सञ्चालन गर्ने भनेको छ । वडा अनुसार उत्पादन र आर्थिक समृद्धिसँग जोडिने योजना एमालेले अघि सारेको छ ।
एमालेले काठेखोला गाउँपालिकाका आठवटै वडामा उम्मेदवारी दिएको छ । वडा नं. १ मा गोविन्दबहादुर खड्का, २ मा विद्यापति शर्मा, ३ मा कुलबहादुर बिक, ४ मा बलबहादुर थापा, ५ मा हिमबहादुर क्षेत्री, ६ मा हरिलाल कँडेल, ७ मा प्रेमबहादुर जिसी र ८ मा चित्रकला छन्त्याल उम्मेदवार हुनुहुन्छ ।
गलकोट नगरपालिका
गलकोट नगरपालिकामा एमालेको तर्फबाट पूर्णबहादुर काउचाले प्रमुख र रूपा विकले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । गलकोटमा एमालेले समृद्ध नयाँ शहर बनाउने भनेको छ । युवा नेता काउचाको नेतृत्वले गलकोटको ऐतिहासिक महत्वको संरक्षण गर्दै नयाँ युगको सुरुवात गर्ने सपना देखेको छ ।
गलकोटका ११ वटै वडामा एमालेका उम्मेदवार हुनुहुन्छ । गलकोट वडा नं. १ मा पदमबहादुर कार्की, २ मा टंकबहादुर कार्की, ३ मा हर्कबहादुर पन्त, ४ मा धनबहादुर खड्का, ५ मा डिलबहादुर घर्ती, ६ मा भक्तबहादुर नेपाली, ७ मा होमबहादुर बस्नेत, ८ मा रामबहादुर परियार, ९ मा लोकनाथ गौतम, १० मा रामप्रसाद पुन र ११ मा डम्बर श्रीस उम्मेदवार हुनुहुन्छ ।
बडिगाड गाउँपालिका
बडिगाड गाउँपालिकामा एमालेका युवा नेता राजन पाइजा अध्यक्ष र मीना रायमाझी उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । बडिगाडमा एमालेले खेलकुदको हव, उत्पादनको पकेट क्षेत्र र पर्यटनको केन्द्र बनाउने भनेको छ । वडिगाडमा एमालेले वडा नं. १ मा दिनेश पुलामी मगर, २ मा ढालेन्द्र शेरचन, ३ मा खड्क पुन, ४ मा प्रेम गलामी, ५ मा विष्णु आचार्य, ६ मा नरबहादुर क्षेत्री, ७ मा गंगाबहादुर गुरुङ, ८ मा यमबहादुर श्रीस थापा, ९ मा पानबहादुर केसी (दीपक) र १० मा पुथासिंह बोहरा उम्मेदवार हुनुहुन्छ ।
ढोरपाटन नगरपालिका
ढो
रपाटन नगरपालिकामा निवर्तमान प्रमुख देवकुमार नेपाली एमालेको तर्फबाट प्रमुखको उम्मेदवार हुनुहुन्छ भने उपप्रमुखमा राजमोको बिद्रोही समूहसँग तालमेल गरेको छ ।
ढोरपाटनका नौ वटै वडामा एमालेका उम्मेदवार छन् । वडा नं. १ मा चित्रबहादुर भण्डारी, २ मा युवराज महत, ३ मा खिमबहादुर सुनार, ४ मा तिलक पुन, ५ मा दीपेन्द्र पुन मगर, ६ मा उमेश बुढा मगर, ७ मा बलबहादुर अदै, ८ मा सुरज बिक र ९ मा खिमबहादुर घर्ती मगर उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताराखोला गाउँपालिका
ता
राखोला गाउँपालिकामा नेकपा एमालेको तर्फबाट ऋषिराम रोकाले अध्यक्ष र थममाया घर्तीले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । ताराखोला गाउँपालिका वडा नं. १ मा लालमणि श्रीस, २ मा यमबहादुर रोका, ३ मा दुर्गाबहादुर बगाले, ४ मा मनबहादुर थापा क्षेत्री र धनप्रसाद बुढा उम्मेदवार हुनुहुन्छ ।
तमानखोला गाउँपालिका
यस्तै, तमानखोला गाउँपालिकामा एमालेका देवेन्द्र छन्त्याल अध्यक्ष र टेकमाया विक उपाध्यक्षमा उम्मेदवार हुनुहुन्छ । तमानखोलाको वडा नं. २ मा लिलबहादुर पुन, ४ मा उदीमबहादुर छन्त्याल र ६ मा धनबहादुर छन्त्याल वडाध्यक्षका उम्मेदवार हुनुहुन्छ । वडा नं. १, ३ र ५ मा स्वतन्त्र उम्मेदवारलाई एमालेले समर्थन गरेको छ ।
बरेङ गाउँपालिका
जिल्लाको बरेङ गाउँपालिकामा एमालेका प्रदिप थापाले अध्यक्ष र दुर्गा कार्कीले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । कृषि तथा पर्यटनसँगै आर्थिक बिकास गर्ने लक्ष्य बरेङ एमालेले राखेको छ । एमालेले बरेङको वडा नं. १ मा होम बहादुर थापा, २ मा पदमजंग श्रीष, ३ मा शेर बहादुर खनाल र ५ मा टेक बहादुर पुनलाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।
निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकाको अध्यक्षमा भुमिराज घर्तीमगर र उपाध्यक्षमाा भोटुचन्द ठकुरी उम्मेदवार हुनुहुन्छ । निसीखोलामा पनि एमालेले कृषि र पर्यटन मार्फत आर्थिक समृद्धिको सपना देखेको छ । निसीखोला गाउँपालिका वडा नं. १ मा थमबहादुर घर्ती, २ मा भीम बहादुर कुवँर, ३ मा दीपकबहादुर चन्द, ४ मा लोकेश्वर पौडेल, ५ मा रोविन मगर, ६ मा कुमबहादुर बुढा र ७ मा चुराबहादुर राना वडाध्यक्षका उम्मेदवार हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..