१७ मंसिर २०७९, शनिबार

गर्भवतीलाई मासिक एकहजार रुपैयाँ भत्ता

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार ०३:२४



भरतपुर । भरतपुर महानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार विजय सुवेदीले भरतपुरमा आफू निर्वाचित भएपछि गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
नेकपा (एमाले) भरतपुर–१२ ले आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नगर प्रमुख पदका उम्मेदवार सुवेदीले गर्भवतीको पोषणका लागि भत्ता दिइने घोषणा गर्नु भएको हो । आमाहरूको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती नगरवासीहरूको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताउनुभयो ।
‘आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औँसी पनि हो, सबै आमाहरूप्रति सम्मान छ’ सुवेदीले भन्नुभयोे, ‘यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा हरेक गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु ।’
निस्वार्थ, निष्पक्ष ढंगले काम गरी महानगरमा सुशासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उहाँले बताउनुभयो । भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..