२१ मंसिर २०७९, बुधबार

पशुपति दयालप्रति नेपालगन्जका मतदाताको सहानुभूति, भन्छन-योग्य नेतालाई पटकपटक अन्याय हुनुहुँदैन

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार ०३:५३


नेपालगन्ज, बैशाख १८ । उमेरले ६० पुगे नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार पशुपति दयाल मिश्र । तर राजनीतिक सक्रियता भर्खरको युवाको भन्दा कम छैन,जोश । २५ बर्सको उमेरदेखिनै राजनितीमा लागेका मिश्र पदमा हुदा पनि नहुदा पनि नेपालगन्जको विकासका लागि सक्रिय रहनुभयो ।

मिश्रले नेपालगन्जको मुद्दामा डटेर लाग्ने नेताको छवि बनाउनु भएको छ । त्यो चाहे बिश्वबिद्धालयको कुरा होस् चाहे अन्य विकास निर्माणको काममा होस् । २०७४ सालको निर्वाचनमा उनले सम्माजनक मत ल्याउनु भयो । पराजित हुदा समेत यहाँको विकासको मुद्दामा लड्न छाडनु भएन । अब मेयर भएर यहाँको विकासको खाका कोर्ने दौडमा उहाँ लाग्नुभएको छ । यहाँका मतदाता भन्छन्( मिश्र मेयरका लागि योग्य नेता हो । उहाँ माथि यसपटक अन्याय हुन दिदैनौ ।

नेपालगन्जमा मिश्रको आगमनसङै नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ । त्यसो त एमालेसंग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सुर्य चुनाव लिएर बाँके क्षेत्र नं २ मा चुनाव लडनुभएको थियो । मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले १६ हजार मत ल्याएर दोस्रो हुनुभयो ।

त्यतिबेला सुर्य चुनाव चिन्ह मात्र लिएर चुनाव लडनु भएका मिश्र अहिले भने एमालेकै केन्द्रीय सदस्य हुनुहुन्छ । जनताको बहुदलीय जनवाद स्वीकार गर्ने एमालेलाई हृदयबाट नै स्वीकार गरी नेताको काँधमा मधेसमा आफ्नो पार्टीलाई सशक्त बनाउनु छ । मिश्रले नेपालगन्जमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चार हजार मान्छे एमाले प्रवेश गराउनु भएको थियो ।

त्यहीबाट शुरु भएको एमालेको मधेसमा वाहीवाही अहिलेसम्म उस्तै छ । मधेसमा अध्यक्ष ओली र एमालेको पुनरउदयको जस मिश्रलाई नै जान्छन् । मधेसमा अध्यक्ष ओलीका बिश्वासिला पात्र हुनुभएको छ मिश्र । नेपालगन्ज हुँदै पश्चिममा हुने अध्यक्ष ओलीका हरेक सभामा उहाँको सहभागिता रहन्छन् । ओली आफैले उहाँलाई संगै लैजानुहुन्छ ।

गत स्थानीय निर्वाचनमा एमालेबाट सम्शुद्धिन सिद्धिकी मेयरका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ ०५४ मा धवलशमशेर राणा मेयर हुँदा उपमेयर हुनुहुन्थ्यो । एमाले विभाजनपछि सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लाग्नुभएको छ । नेपालगन्जमा संगठनात्मक मत नघटेको र आफूहरूसमेत जोडिँदा एमाले बलियो रहेको मिश्रको भनाई छ । ‘ गठबन्धन एक भएर आएका छन् । तर पनि जनता हाम्रो पक्षमा छन् ’, मिश्रले भन्नुभयो, ‘स्पष्ट भिजन लिएर आएको कुरा मतदाताले मन पराउनुभएको छ ।’
मधेसकेन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका र व्यक्तिगत लोकप्रियतासमेत रहेका नेता मिश्र एमाले प्रवेश गरेकाले यसपटक नेपालगञ्ज उपमहानगरमा मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच हुने आकलन छ । पुरानो राजनीतिक बिरासत बोकेका मिश्रको मेयर पदमा हुने सम्भावित उम्मेदवारीले यहाँको राजनीतिमा तरंग नै ल्याइदिएको छ । चुनावी हारजित बैशाख ३० गते पछि नै थाहा हुने भएपनि मिश्र मुख्य प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ ।

उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल हुनुहुन्छ । तीनवटै क्षेत्रमा उहाँको नाम अगाडी नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ, उहाँको । त्यही कारणले उद्योग क्षेत्रलाई उहाँले छाड्न सक्नुभएको छैन । चन्दा लागि अरुको टाउको दुखाई दिनुपर्ने राजनीति कति दिनसम्म चल्छ ? पक्कै चल्दैन । त्यसकारण सकेसम्म आर्थिक रुपमा परिपक्क बन्नका लागि कुनै न कुनै उद्यममा लाग्नुपर्ने तर्क छ उनको ।

‘बुवा पनि गाविस अध्यक्ष हुनुहुन्थ्यो । गाउँमा हाम्रो राम्रै सम्पत्ति भएकाले आर्थिक समस्या झेल्नुपरेन् ।’ मिश्रले भन्नुभयो,–‘तर पुख्र्यौली सम्पत्तिको घमण्ड मलाई कहिल्यै भएन् ।’ पशुपतिदयालले सानैदेखि केही गर्नुपर्छ भन्ने सोच राख्थे । त्यही सोचकैकारण उहाँ अहिले हरेक क्षेत्रमा सफल बनेका छन । त्यो राजनैतिक होस् चाहे समाजसेवा, हरेक दृष्टीकोणबाट जिल्लामा औंलामा गनिनेमा उहाँको नामपनि अगाडि नै आउँछ ।

तर यी र यस्ता खाले नेताहरुको प्रवृतिबाट आफु टाडा रहेको उहाँ बताउँछन् । ‘सबैलाई त भन्दिन तर अधिकांश नेताहरु राजनीतिलाई पैसा कमाउने माध्यम बनाइरहेका छन् ।’ मिश्रले भन्नुभयो, ‘ त्यसबाट टाढा रहनका लागि म ब्यापार ब्यवसायमा संलग्न भएको हु ।’ मिश्रले राजनीतिक जिवनको आरोह अवरोह देखेका छन् । तर सफलताबाट मात्तिने र असफलताबाट आत्तिने गरेका छैनन् । पराजित भए पनि आफु जनता माझ नै रहेको उनले बताए । आज सम्म आईपुग्दा उनले परिवारको अभिभावक देखि राजनीतिक अगुवासम्मको भुमिका निर्वाह गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..