२३ मंसिर २०७९, शुक्रबार

काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार ०६:४४



काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..