इटहरीमा विकासको अर्को युग सुरु हुँदैछ :सुब्बा

इटहरी । इटहरीमा विकासको अर्को युग सुरु हुनलागेको नेकपा (एमाले) बाट मेयर उम्मेदवार यामकुमार सुब्बाले वताउनुभएको छ ।
उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमाअर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो ।
इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँच वर्षमाभएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नति तथा इटहरीका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थितविकासमा केन्द्रितगर्ने बताउनुभयो ।
उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने वताउनुभयो ।
‘नेकपा (एमाले)गाउँगाउँमा जनतालाई संगठित गर्ने र चेतनाको बिगुलफुक्ने काम गरेर आएको पार्टी हो,’ उहाँलेभन्नुभयो, ‘त्यसैले एमालेले गर्ने काम दीर्घ कालीन विकासकालागि हुन्छ ।’
उहाँले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरुलाई धन्यवाद दिँदै अर्को नया ँविकासको रफ्तारका लागिएकजुट हुन र सहयोग गर्न आग्रहगर्नुभयो ।
‘इटहरीमा बसोबास र शहरीकरणको जुनगति छ, त्यही गतिमा यहाँको विकासलाई लानको लागि यसअघि राम्रो आधार तयार भएको छ,’ उहाँले भन्नुभयो, ‘अब त्यसलाई थप गतिदिन प्रतिबद्ध छु ।’
उहाँले आफु आर्थिक रुपमाकहिल्यै विवादित नभएको र अब पनि इमान्दारीपूर्वक भ्रष्टाचारलाई शुन्यमा झारेर कामगर्ने वताउनुभयो । ‘हिजोका जनप्रतिनिधिहरुले मेयर उपमेयरले पनि आफूलाई भन्दा पनि विकासलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक कामगर्नुभयो,’ उहाँले भन्नुभयो ‘म पनि इमान्दारीपूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले कामगर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।’