१५ मंसिर २०७९, बिहीबार

एमालेबाट काठमाडौँ महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई

प्रकाशित मिति :  १९ बैशाख २०७९, सोमबार १०:५५


काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तिव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ ।

‘चुनावी प्रचार–प्रसारलाई तिव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले)ले अब चुनावी मैदानमा उत्रिएको छ,’ काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा सम्वोधन गर्दै संयोजक पोखरेलले भन्नुभयो,’ ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्छ ।’

पोखरेलले आजै ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो । नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले अब मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगर काठमाडौँ महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..