महाधिवेशन भव्य बनाउन देशभर मोटरसाइकल र्याली

चितवन । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल ¥याली गरिएको छ ।
युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइल सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर ¥यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ ।