१५ मंसिर २०७९, बिहीबार

टीकापुर : एमालेको बिजय सुनिश्चित

प्रकाशित मिति :  २१ बैशाख २०७९, बुधबार १२:४३


काठमाडौँ । टीकापुर नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारको पक्षमा उत्साह छाएको छ । एमालेले मेयरमा श्याम खत्री र उपमेयरमा उपमा केसीलाई उम्मेदवार बनाएको छ ।
गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी र विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । यसले एमालेलाई प्रत्यक्ष फाइदा पुगेको छ । एमालेका मेयरका उम्मेदवार खत्री पार्टीका पुराना नेता तथा टीकापुरका विभिन्न सामाजिक काममा क्रियाशील रहेर जनता समक्ष भिजेका नेता हुनुहुन्छ भने केसी पनि टीकापुरमा महिला अधिकारका पक्षमा वकालत गर्दै आएकी नेतृृ हुनुहुन्छ ।
टीकापुरमा एमालेलाई आफ्नो वर्चश्व कायम गर्नुपर्ने छ । यसअघि टीकापुरमा २०५४ सालमा रत्नप्रसाद संजाल र २०७४ सालमा तपेन्द्र रावल बिजयी हुनु भएको थियो ।
एमाले प्रदेश कमिटी सदस्य तथा टीकापुर निर्वाचन परिचालन कमिटीका सह संयोजक सम थापाले एमालेसंग टीकापुर नगर बनाउने भिजन भएको र अहिले गठबन्धनबीच पनि असन्तुष्टि रहेकाले एमालेको बिजय सुनिश्चित भएको बताउनुहुन्छ ।
टीकापुरमा सत्तागठबन्धनबीच मेयर, उपमयेर र वडा नं. १ मा मात्र गठबन्धन बनेकोले अन्य वडामा गठबन्धनबीच नै प्रतिस्पर्धा रहेको छ ।
कैलाली क्षेत्र नं. १ का सांसद रेशम चौधरी जेलमा परेको वेला टीकापुरका जनताको अभिभावकीय जनप्रतिनिधि मेयर रहेकोले पनि एमालेप्रति जनताको भरोसा रहेको छ ।
प्रचार कमिटी सहसंयोजक थापाका अनुसार एमाले यतिवेला सांगठनिक रुपमा एकताबद्ध रहेको र टीकापुर निर्माण गर्ने दूरगामी भिजन रहेकोले बिजय सुनिश्चित भएको बताउनु भयो ।
एमालेका उम्मेदवार खत्रीसंग टीकापुरका नगरको मुहार फेर्ने भिजन तथा यहाँका स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गराउने योजना रहेको छ । एमालेले गरेका चार बर्षका कामको आधारमा टीकापुरवासीले एमालेप्रति झुकाव रहेको छ ।
एमालेकै पहलमा रानी जमरा कुलरिया, लम्की टीकापुर सडक निर्माण थालिएको हो ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा संगठन प्रमुख द्वारिकाप्रसाद न्यौपानेले वलियो जनाधार र सुदृढ संगठन, टोलटोलमा संगठन विस्तारले एमाले जित्ने बताउनुहुन्छ । उहाँले टीकापुरको मुहार फेर्न एमालेको जस्तै राम्रो एजेण्डा अरु पार्टीसंग नभएकोले अरु पार्टीको प्रभाव नै नरहेको बताउनुभयो । उहाँले सत्तापक्षको अपवित्र गठबन्धन र त्यसमा पनि धेरै नै असन्तुष्टि रहेकाले जनताको विश्वास लिएको पार्टी एमाले भएकोले सवैले सूर्यमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..