४ भाद्र २०७९, शनिबार

सत्ता र शक्तिका बिरुद्धमा शालीनता र इमान्दारिताका पर्याय

प्रकाशित मिति :  २२ बैशाख २०७९, बिहीबार ०७:३६


महादेवस्थान । स्थानीय तह निर्वाचन २०७९ मा शालीन नेता विदुर सापकोटाको चर्चा काभ्रेपलाञ्चोक जिल्लाभरि छ । सिंगो जीवन नै जनता र नेकपा एमालेलाई सुम्पेका सापकोटालाई एमालेले मण्डनदेउपुर नगरमा मेयर पदको उम्मेदबार बनाएको छ ।

मण्डनदेउपुरमा सत्ता र शक्तिका बिरुद्धमा शालीनता र इमान्दारिताको पर्यायका रुपमा रहेका विदुर सापकोटलाई अघि सारिएको छ ।
सदैव लाभको पदमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष टोकबहादुर वाइवासँगको चुनावी प्रतिस्पर्धा सामान्य छैन विदुरका लागि । सयौं गुणका धनी सापकोटासँग दुई वटा अवगुण छन् । ती हुन् भष्ट्राचार गर्नुहुन्न अनि पूरा गर्न नसक्ने कुरा बोल्नुहुन्न । अनि बोलेका कुरा जहिले पनि पूरा गर्नुहुन्छ । आफूले पाएमा मात्रै चुनावमा खट्ने वानी उहाँमा छैन, अरुलाई सदैव जिताउने प्रण बोक्नुुहुन्छ । उहाँले दर्जनौंलाई बोकेर विजयी बनाउनुभएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा उनै टोकबहादुरलाई जिताउने चुनावी कमाण्डर बन्नुभएको थियो विदुर । उहाँले पूर्वाधार विकास, कृषि र पर्यटनलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
प्रत्येक वडाको मुख्य सडक कालोपत्रसहित नगरको केन्द्रमा जोड्ने, हरेक टोलका सडकलाई स्तरोन्नति गर्ने, खेतीयोग्य जमिनलाई कृषि सडक सञ्जालले जोड्ने र नगर चक्रपथ निर्माण विषयलाई महत्व दिइएको छ । एमालेले कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी अनुदान र सहुलियतसहित मल, बीउ र कृषि औजारहरुमा अनुदान तथा सहुलियत प्रदान गरी नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने प्रतबद्धता व्यक्त गरेको छ भने किसानलाई व्यावसायिक कृषि तथा पशु पालन सम्बन्धी सीपमूलक तालिम तथा सहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारिएको छ ।

कृषि उत्पादनको न्युनतम समर्थन मूल्य, कृषि उत्पादनको भण्डारण केन्द्र निर्माण, रासायनिक मलको अभावलाई समाधान गर्ने, कृषि उत्पादनको प्रशोधन तथा पशुका लागि दाना उत्पादनकेन्द्र निर्माण गर्ने, उन्नत जातका बीउ, नश्ल सुधार गरिएका पशु पालनतर्फ किसानलाई अग्रसर गराई मुनाफायुक्त कृषि व्यवसायमा किसानलाई सहभागी गराउने र एक वडा एक नर्सरीको व्यवस्थापन गर्ने योजना उहाँको छ ।
एमालेले पर्यटन क्षेत्रलाई पनि विकास र विस्तार गर्ने नीति लिएको छ । पर्यटन पूर्वाधारहरू निर्माण गर्ने, रक क्लाइम, जिपलाइन, पार्क जस्ता पूर्वाधार निर्माण, होमस्टे स्थापना गर्न सीप, प्रविधि र बजारीकरणमा लगानी अभिवृद्धि गर्ने, नगरकोट र सुलिकोट थामडाँडा केन्द्रित लामा छोटा पर्यटक पदमार्ग निर्माण गर्ने र गुरुङ, तामाङ, मगर, दनुवार र माझी जातिको सांस्कृतिक इतिहासको संरक्षणको लागि आदिवासी सङ्ग्रहालय स्थापना गर्ने प्रतिबद्धता सापकोटाको छ ।
यसैगरी एमालेले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, महिला बालबालिका र जेष्ठ नागरिकका लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, घरदैलो सहज पहँुँच सहितको निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रत्येक वडाका स्वास्थ्य संस्थाहरूको सवलीकरण गरी सुरक्षित मातृत्व सेवा सञ्चालनका लागि जनशक्ति र पूर्वाधार सुनिश्चित गर्ने योजना उहाँको छ ।
उहाँले निःशुल्क औषधिको सहज उपलब्धता, यसका लागि सरकारले वितरण गर्ने निःशुल्क औषधिको सूची घरघरमा बाँड्ने, घरघरमा फस्टएड बाकसको निःशुल्क अनिवार्य व्यवस्था गर्ने, प्रविधि मार्फत दुई वर्षमुनिका बालबालिका तथा गर्भवती महिलाको निरन्तर स्वास्थ्य अवस्था अनुगमनको प्रवन्ध गरिने बताएका छन् ।
महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरचना निर्माणका साथै स्वास्थ्य हेरचाह कार्यक्रम लागु गरी स्वास्थ्यकर्मीको मोवाइल टोली परिचालन गर्ने, अस्पताल तथा स्वास्थ्य केन्द्रमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि निर्धारित सेवा डेस्कको व्यवस्था गर्ने, नगर अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न पूर्वाधार विकास गर्ने उद्देश्य एमालेले लिएको छ ।
खानेपानी तथा सरसफाइ, न्याय, सुरक्षा र सामाजिक विकास, युवा खेलकुद र रोजगार, शहरी संरचना र औद्योगिक विकास, सामुदायिक वन , वातावरण र सहकारी, प्रकोप जोखिम न्यूनीकरण ः पर्याप्त आवास, भूकम्पपछिको पुनर्निर्माण, लैङ्गिक समानता ः अवसरमा समावेशिता, संचार तथा सूचना प्रविधि, सुशासन तथा संस्थागत विकास लगायतका विषयहरूलाई पूरा गर्न एमालेले प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..