१४ मंसिर २०७९, बुधबार

‘हामीसँग समुन्नत कटारी बनाउने प्रष्ट खाका छ’

प्रकाशित मिति :  २२ बैशाख २०७९, बिहीबार ०८:४७


उदयपुर । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा उदयपुरको कटारी नगरपालिकाबाट उपमेयर पदको उम्मेदवार बन्नुभएकी गिता खड्काको जन्म २०२८ सालमा बुवा चेत बहादुर खड्का र आमा द्रोपदा खड्काको पहिलो सन्तानको रुपमा कटारी नगरपालिका वडा नम्बर १ बेलस्रोतमा भएको हो।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण छोरीलाई विवाह गरेर दिए पारिवारिक वोझ कम हुन्छ भनेर खड्काको वुवाले १६ वर्षको उमेरमा विवाह गरेर दिनुभयो। १७ वर्षको उमेरमा छोराको जन्म भयो, १९ वर्षको उमेरमा दोस्रो सन्तान छोराको जन्म भयो। पारिवारिक काम र सन्तान प्रतिको जिम्मेवारीले केहि वर्ष घरवाट निस्कन सकिने। गाउँ समाज बुझन पनि समय भएन। घरभित्रै सिमित भएर बस्न पर्यो।

खड्कका बुवा नेपाली कांग्रेस पार्टीमा आवद्द हुनुहुन्थ्यो । राजनीतिलाई नजिकवाट नियाले पनि उम्मेदवार खड्कासँग बुवाको विचार र सिद्धान्तसंग कहिल्यै मिलेन। परिवारमा राजनीतिक कुरा हुदाँ बुवाको भन्दा भिन्न विचार व्यक्त गर्ने उम्मेदवार खड्कालाई एमालेको नीति विचार र सिद्धान्त खुव मन पर्थ्यो। एमालेले गरेका असल कामहरुको प्रसंसा गर्न मन लाग्थ्यो। एमालेमा आवद्ध भएर काम गर्ने ईच्छा बोकेकी खड्कामा विस्तारै राजनीतिक गर्नुपर्छ भन्ने सोच पलाउन थाल्यो । २०५६ सालमा अखिल नेपाल महिला संघको गाउँ कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको खड्काले त्रिवेणी गाउँ कमिटीको अध्यक्ष हुँदै क्षेत्रीय कमिटिको उपाध्यको जिम्मेवारी सम्हाल्नुभयो। यो २३ वर्षको दौरान उहाँ अहिले नेकपा एमालेको उदयपुर जिल्ला कमिटी सदस्यको भूमिकामा हुनुहुन्छ।

एसएलसि नदिदै विवाह गरेकी खड्काले पढाईलाई पुनः निरन्तरता दिदै अहिले ब्याचलरसम्मको अध्ययन पूरा गर्नु भएको छ। पार्टी राजनीति सँगसँगै महिला संजालमा रहेर नगर र जिल्ला भरीका महिलाहरुको क्षेत्रमा काम गरेको अनुभव उहाँसँग छ । उहाँ भन्नुहुन्छ, मैले छोरीहरु पढ्न कति गाह्रो छ भन्ने कुरा बुझेको छु, महिलाहरु पढ्नु कति महत्वपुर्ण छ भन्ने कुरा पनि बुझेको छु, घरमा होस वा सरकारी अड्डा वा बजार पसल नै किन नहोस महिलाहरुका लागि, पछाडि पारिएका समुदायका लागि, सिमान्तकृत समुदायका लागि कहिल्यै सहज छैन त्यो मैले भोगेको छु नभए अहिलको स्थानीय तहको चुनाबमा हाम्रो कटारी नगरपालिकालाई हेर्नुस, गगठबन्धनका नाममा महिलाहरुलाई कसरी पाखा पारियो। महिलालाई राजनीतिको घेराबाटै बाहिर निकालियो।

सरसफाई खानेपानी लगायत विभिन्न क्षेत्रमा काम गर्ने सँघ सँस्थामा बसेर काम गरेको अनुभव छ। सामुदायिक वन विकासका लागि वन समितिको सचिव भएर लामो समय सामाजिक क्षेत्रमा काम गरेकी खड्का भन्नुहुन्छ, ‘कटारी नगरपालिका ठुलो क्षेत्रफल र भौगोलिक हिसाबले बिकटतामा छ। म त्यसलाई अलिकता भएपनि सहज बनाउन चाहान्छु। समुन्नत कटारी बनाउन चाहान्छु, समृद्ध कटारी बनाउन चाहान्छु।त्यसैले पनि यो पटक मैले उपमेयर पदमा उम्मेदवारी दिएको छु। मैले २५ वर्षदेखि गर्दै आएको सामाजिक कामलाई विस्तार गर्ने अबसर पाएको छु। जुन अबसरलाई निर्णायक अबसरका रुपमा परिवर्तन गर्ने भनेको तपाईँहरुको मतले नै हो।कटारीवासी दाजुभाई दिदीवहिनीहरुको मतले नै हो। तपाईँहरुले दिएको मतले नै मैले जस्तो पढाई रोक्दै, फेरि पढ्दै गर्नुपर्ने वातावरण, मैले सन्तान जन्माउँदा गाउँमै प्रसुति केन्द्र नहुँदा पाएको दुःख, पखाला लाग्दा औषधी किन्न बजार झर्नुपर्ने अबस्था नआओस भन्नका लागि, समृद्ध कटारी, सुखी नागरिक बनाउनका लागि पनि मेरो उम्मेद्वारी हो। मलाई विश्वास छ । यो चुनाबी अभियानमा गठबन्धनका दलहरुले जसरी महिलालाई पाखा लगाए, महिलाहरुलाई नेतृत्वबाट हाम्रो कटारीमा हराउने काम गरे, तिनिहरुका लागि जबाफ दिनै भएपनि तपाईँहरुले मलाई मत दिनुहुनेछ। र मैले कटारीको थोरै भएपनि मुहार फेर्न सक्ने छु। प्रस्तुती : सुमित्रा कोइराला



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..