४ भाद्र २०७९, शनिबार

वीरेन्द्रनगरमा लोकप्रिय उम्मेदवार

प्रकाशित मिति :  २३ बैशाख २०७९, शुक्रबार ००:१४


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा (एमाले)ले लोकप्रिय स्थानीय नेता निलकण्ठ खनाललाई उपमेयरको उम्मेदवार बनाएको छ । ४७ वर्षीय खनाल यसअघि वडा नम्बर ४ को अध्यक्ष हुनुहुन्थ्यो । २०७४ को निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका खनालले पाँच वर्षको अवधिमा वडालाई नमुना बनाउनुभएको छ । वडाको नेतृत्व कुशलतापूर्वक हाँकेका उनै खनाल अब भने नगरलाई उदाहरणीय बनाउने योजनासहित उपमेयरको उम्मेदवार बन्नुभएको छ । चुनावी प्रतिबद्धतासहित उहाँ यतिबेला मतदाताको घरदैलोमा पुगिरहनुभएको छ । साधारण जीवनशैली र सरल व्यवहार भएका खनाल मतदाताले निकै रुचाएका स्थानीय नेता हुनुहुन्छ ।
एमाले मात्र नभई उहाँलाई विपक्षी दलका कार्यकर्ताले समेत उत्तिकै मन पराउँछन् । सबैमाझ परिचित खनाल आम मतदातासँग मसिनो तरिकाले भिज्नुभएको छ । उहाँको यही लोकप्रियता देखेरै पार्टीले उपमेयरमा अघि बढाएको हो । झन्डै दुई दशकदेखि उहाँले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको छ ।
राजनीतिसँगै सामाजिक कार्यमा पनि खनाल निकै सक्रिय हुनुहुन्छ । उहाँले नगरबासीका सुख दुःखमा सधैँ साथ दिने नेताको पहिचान बनाउनुभएको छ । एमाले वीरेन्द्रनगर नगर कमिटी अध्यक्षसमेत रहेका खनाल भन्नुहुन्छ, ‘मतदाताले विश्वास गर्नुभयो भने योजनाबद्ध विकास गर्दै वीरेन्द्रनगरको मुहार फेर्ने धोको छ ।’ पार्टीले भरोसा गरेका खनाल यसपटक नगरमा पनि मतदाताले विजयी गराउनेमा ढुक्क हुनुहुन्छ । खुल्ला किताबजस्तै खनाल मिलासिलो स्वभावका हुनुहुन्छ । उहाँको त्यही स्वभाव मतदाताले रुचाउने गरेका छन् । निर्वाचनको मिति नजिकिएसँग यतिबेला वीरेन्द्रनगरमा खनालले सजिलै चुनाव जित्ने चर्चा हुने गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका टोल–टोलको भूगोल र जनजीवनबारे राम्रै जानकारी राखेका खनाल सोहीअनुसार योजना तर्जूमा गरेर काम गर्ने सपना रहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ्, ‘मतदाताको शिर ठाडो हुने गरी काम गरेर देखाउने छु । त्यसका लागि उहाँहरुले मलाई विश्वास गरेर जिम्मेवारी दिनुप¥यो ।’
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरमा नेपाली कांग्रेस र (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेका छन् । चुनावी गठबन्धनसँग एमाले भने एक्लै भिड्दैछ । नगरमा एमालेको विगतको जनाधार र पछिल्लो जनलहरले जित सुनिश्चित देखिएको नेताहरुले बताउने गरेका छन् ।
एमालेबाट मेयरको उम्मेदवार बनेकी मोहनमाया ढकाल पनि गएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मत ल्याएर उपमेरमा विजयी हुनुभएको थियो । एमाले केन्द्रीय सदस्यसमेत रहेकी ढकाल सुर्खेतको राजनीतिमा चर्चित युवा नेतृ हुनुहुन्छ । मेयर उपमेरसँगै वडा तहसम्म बलिया उम्मेदवार मैदानमा पठाएकाले वीरेन्द्रनगरमा सहजै जित हासिल गर्न सकिने एमाले नेताहरुको दाबी छ । नगरका १६ वडामध्ये २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरसहित नौ वटा वडा जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..