१५ मंसिर २०७९, बिहीबार

बेलौरीमा बोहराको योजना : एक घर एक सीप कार्यक्रम

प्रकाशित मिति :  २३ बैशाख २०७९, शुक्रबार ०८:०४


काठमाडौँ, । नेकपा (एमाले) बेलौरी नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले घरघरमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने आधार तय गरेका छन् ।
एमालेबाट मेयरका उम्मेदवार कमला बोहरा र उपमेयरका उम्मेदवार जोगराम थारुले ‘एक घर एक सीप कार्यक्रम’ मार्फत घर घरमा रोजगारी तथा स्वरोजागरी सिर्जना गर्ने प्रतिवद्धता घोषणा गर्नु भएको छ ।
मेयरका उम्मेदवार बोहराले आफूले चुनाव जिते युवालाई विदेश पलायन रोक्ने र गाउँघरमा रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले नगरमा भएको साधन स्रोत प्रयोग गरी युवालाई रोजगार बनाउने बताउनुभयो ।
भारतीय सीमासंगै कन्चनपुरको दक्षिणमा रहेको बेलौरी नगरपालिकाका युवालाई रोजगारसंग जोडिने छ । बेरोजगारी अवस्थाको तथ्याक संकलन, सूचना प्रणाली विकास एवं रोजगार सूचना केन्द्रलाई व्यवस्थापन गरिनेछ ।
यस्तै घोषणापत्रमा युवा स्वरोजगारीका लागि कम्तीमा एक वडा एक लघुउद्यम सञ्चालन गरी युवालाई वडातहमा नै रोजगारी दिने उल्लेख गरिएको छ ।
भारत लगायतका विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सीप र पूँजीको सदुपयोगका लागि उत्पादनमूलक उद्योग तथा उद्यममा लगानी गरी स्वदेशमा स्वरोजगारी तथा रोजगारी दिने, भारतमा काम गर्न जाने कामदारको तथ्याक राख्ने व्यवस्था, कल्याणकोष र बीमाको व्यवस्था लागु गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सीमा क्षेत्रमा रहेका जग्गााधनीले आफ्नो जमीन वैक तथा वित्तीय संस्थाहरुमा धितो राख्न नपाई ऋण लिनबाट वञ्चित भएकाले नगरको जमानीमा वैक तथा वित्तीय संस्थाहरुबाट सहजै ऋण लिने व्यवस्था मिलाइनुका साथै नगरभित्रका सवै जातजाती तथा समुदायको परम्परागत प्रविधि तथा सीपलाई व्यावसायिकरण गरिन बताइएको छ ।
मुक्त कमैयालाई आत्मनिर्भर बनाउन आवश्यक नीति अवलम्बन गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैय्याको अस्पताका रुपमा स्तरोन्नति गरी आधुनिक उपकरण र दक्ष चिकित्सक र जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।
घोषणा पत्रमा प्रत्येक वडामा सेनिटरी प्याड निःशुल्क सेवा, गर्भवती पोषण कार्यक्रम, नगर गौरव योजनाको रुपमा पाठेघर स्क्रिन तथा परीक्षण कार्यक्रम सञ्चालन गरिने, नगरका अन्य वडामा रहेका स्वास्थ्य चौकीको स्तरोन्नति गरी आधुनिक र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ ।

आवश्यक पूर्वाधार, संयन्त्र, चिकित्सक तथा जनशक्ति र स्रोतको व्यवस्थापन गर्दैे नगरक्षेत्रमा सुविधा सम्पन्न छुट्टै सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरी कोरोना जस्ता महामारी नियन्त्रण गरिने उल्लेख छ ।
महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सुरक्षामा सहयोग पुग्ने गरी सुरक्षित मातृत्व र आङ खस्ने रोग लगायतका समस्या हल गर्न अस्पताल र स्वास्थ्य चौकीहरुमा सुरक्षित प्रसुति सहितको नियमित स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाईने छ ।
युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि एक वडा खेल मैदान र नगरका मुख्य क्षेत्रमा आवश्यकता अनुसार कवर्ड हल निर्माण र खेल सामग्रीको व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
यस्तै नगरको एउटा सामुदायिक वनलाई जडीवुटी उद्यान (हर्वलपार्क), नगर कला प्रतिस्ठान स्थापना र थारु संग्रहालयको स्थापना गरिने घोषणपत्रमा उल्लेख गरिएको छ ।
निर्वाचन आउन एक हप्तामात्र बाँकी रहेको वेला बेलौरीका मेयर र उपमेयरका उम्मेदवारले चुनावी अभियानलाई तीव्र पारेका छन् ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..