२२ मंसिर २०७९, बिहीबार

विजयनगरलाई समृद्ध गाउँ बनाउने थापाको संकल्प

प्रकाशित मिति :  २३ बैशाख २०७९, शुक्रबार ०८:०९


 कुनै पनि सुकुम्बासी परिवार घरबारविहीन नहुने
कपिलवस्तुको विजयनगर गाउँपालिका प्रमुख पदका उम्मेदवार, १५ वर्षदेखि विजयनगरको राजनीतिमा अनवरत रूपमा लागेका गोपाल थापा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा विजय भई एक कार्यकाल पूरा गरिसक्नु भएको छ । उहाँ अहिले विजयनगर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्छ । थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य र विजयनगरको इन्चार्ज समेत रहनु भएको छ ।
विजयनगरलाई समृद्ध बनाउने, श्रमजीवीका सवालहरूलाई उठाउँदै सम्बोधन गर्ने, यहाँ उद्योगी व्यवसायीको हित प्रवद्र्धन गर्दै रोजगारमूलक बनाउने र भ्रष्टाचारमुक्त नमूना गाउँपालिका बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने आफ्नो एजेन्डा रहेको उहाँ बताउनुहुन्छ । त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विजयनगरबासीको साथ र सहयोग छ, थापा भन्नुहुन्छ– सार्वजनिक विद्यालयलाई स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षालय बनाउँछौं । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौं ।
सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन ठोस योजनाका साथ अघि बढ्ने उहाँको सोच छ । सामुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने , विजयनगरमा बेटी बचाउ, बेटी पढाउ नीतिलाई कार्यान्वयन गर्ने, भइरहेका स्वास्थ्य केन्द्र र अस्पताल व्यवस्थापन गर्दै स्वास्थ्यबीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने थापाको भनाई छ । निःशुल्क औषधी वितरण कार्यलाई प्रभावकारी बनाई पालिकाका सबै नागरिकलाई स्वस्थ बनाइने छ ।
विजयनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दुरूस्त कर्मचारी प्रशासन बनाई भइरहेका करार र सबैखाले कर्मचारीको स्थायित्व गर्दै उनीहरूलाई प्रोत्साहन नीति मार्फत काममा लगाइने छ । विजयनगरभित्र भएका सबै कर्मचारीलाई नयाँ उर्जाका साथका साथ काम गर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधि बीचको समन्वयलाई प्रभावकारी बनाइने छ । लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहन गर्ने काम अगाडि बढाइने छ । भ्रष्टाचारमा मात्र नभई ढिलासुस्तीमा समेत शुन्य सहनशीलता अपनाउने उहाँले बताउनु भयो ।
विजयनगरमा रहेका सबै सुकुम्बासीको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने अध्यक्ष उम्मेदवार थापाको योजना छ । कुनै पनि सुकुम्बासी परिवार घरबारविहीन हुने छैनन् । विजयनगरमा रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने छ । सुकुम्बासी बस्तीमा सडक, विद्युत, खानेपानी पु¥याउने कार्यलाई तिव्रता दिने योजना छ । नदी कटान क्षेत्रको पहिचान गरी त्यसलाई ठोस योजना बनाएर अघि बढ्ने , कटानमुक्त हुनका लागि खोलाहरूमा तटबन्ध र त्यस छेउका बस्तीको व्यवस्थापन गरिने छ ।
संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरू, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरूको पहिचान र करकानयाँ क्षेत्रहरु खोजी गरी स्रोतको व्यवस्थापन गरिनेछ । विजयनगर गाउँपालिकामा हुने निर्वाचनमा उप प्रमुखमा लक्ष्मी चौधरी समेत पुन ः उम्मेदवार बन्नुभएको छ । पालिकामा राम्रो काम गरेकोले फेरि पनि जित सुनिश्चित रहने आकलन स्थानीयले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..