२१ मंसिर २०७९, बुधबार

घरछेउको सिंहदरबारले शासन होइन सेवा गर्नेछ : पराजुली

प्रकाशित मिति :  २३ बैशाख २०७९, शुक्रबार १०:३७


खड्गमाया पराजुली अर्थात् इन्दिरा, झापाको अर्जुनधाराबासीका लागि नौलो नाम होइन । अर्जुनधारा नगरपालिका बन्नु अघि खुदुनाबारी छुट्टै गाविस थियो । खुदुनाबारी गाविस र शनिअर्जुन नगरपालिका गाभिएर अर्जुनधारा नगरपालिका बनेको हो । स्थानीय तहको पहिलो निर्वाचन अघि पराजुली खुदुनाबारी क्षेत्रमा मात्रै लोकप्रिय महिला हुनुहुन्थ्यो । अखिल नेपाल महिला संघ र पार्टीको स्थानीय जिम्मेवारीहरु सम्हाल्दै सामाजिक क्षेत्रमा समेत उत्तिकै रुचि एवं सक्रियता देखाउने भएकोले उहाँ खुदुनाबारीको अगुवा महिलामा गन्तिमा आउन थाल्नुभएको हो । अभियान नेपाल नामक संस्थाको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएपछि उहाँँको परिचय फराकिलो बन्दै गयो ।
०७४ सालको स्थानीय निर्वाचनमा उहाँ नेकपा एमालेको तर्पmबाट अर्जुनधारा नगरपालिका वडा नं. २ को वडा सदस्य मात्र बन्नुभएन, पार्टीले उहाँलाई नगरपालिकाको न्यायिक समिति सदस्यको जिम्मेवारी समेत दियो । यसपछि त खड्गमाया पराजुली अर्जुनधारामा अन्यायमा परेका, समस्यामा परेका नागरिकहरुको साथी बन्न थाल्नुभयो । न्यायिक समिति सदस्यको जिम्मेवारी उहाँले जुन कुशलतापूर्वक वहन गर्नुभयो, त्यसैले उहाँलाई अर्जुनधारामा राम्रो सम्भावना बोवmेको महिला नेतृको रुपमा चिनायो । हाम्रो स्वावलम्बी सामाजिक उद्यमी सहकारी संस्थामा हाल दोस्रो कार्यकालको लागि अध्यक्ष रहनुभएकी पराजुलीले सहकारी, स्वावलम्बन, स्वरोजगार, सशक्तीकरण जस्ता विषयमा अनुभव हासिल गर्नुभएको छ । विनम्र तर जिज्ञासु स्वभावको कारण उहाँ जस्तोसुकै समूहमा पनि अरुलाई आकर्षण गर्ने क्षमता राख्नुहुन्छ ।
वि.सं. २०३९ साल कार्तिक २६ गते झापाको हल्दिबारीमा जन्मनुभएकी पराजुलीले गढिगाउँ माविमा औपचारिक शिक्षा प्रारम्भ गर्नुभयो । बसाइँ सराइका कारण उहाँको विद्यालय शिक्षा विभिन्न विद्यालयमा भयो । यसक्रममा शान्तिनगर, रातेखालको भानु माविमा भर्ना हुनुभयो । कक्षा ९ देखि एस एल सी सम्मको पढाई तत्कालीन अर्जुनधारा गाविस स्थित भानु माध्यमिक विद्यालयवाट पुरा गर्नु भयो र कनकाई क्याम्पस सुरुङ्गा झापावाट आईएसम्मको अध्ययन पुरा गर्नुभयो । आईएसम्मको पढाई सकेपछि पराजुली १८ वर्षकै उमेरमा अर्जुनधारा – २ निवासी नारायण पराजुलीसँग वैवाहिक बन्धनमा बाँधिनुभयो । आपूm बसेको समाजको दुःख, समस्या र पछौटेपनलाई भोगेर आउनुभएकी खड्गमायामा सानै उमेरदेखि समाज परिवर्तनको हुटहुटी थियो । राजनीतिक, सामाजिक रुपान्तरणको अभियानमै संलग्न जीवनसाथी भेटेपछि उहाँको सुषुप्त हुटहुटीले प्रकट हुने अवसर प्राप्त ग¥यो । आपैंm स्वmुटर चलाउन सक्ने र कम्प्युटरको समेत आधारभूत सीप हासिल गरेको हुनाले वहाँ समकालीन तथा अग्रज महिला भन्दा बढी गतिशील र अद्यावधिक देखिनुहुन्छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिकाको लागि खड्गमाया उपमेयर पदका लागि नेकपा एमालेको उम्मेदवार हुनुहुन्छ । हाल अनेमसंघ नगर कमिटी सचिव रहनुभएको पराजुली हालसम्मका जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादनकै कारण सहकर्मीहरुमध्येबाट उपमेयरका लागि छानिनुभयो । उपमेयसका उम्मेदवार खड्गमाया पराजुलीसँग नवयुगका लागि पत्रकार सागर गौतमले स्थानीय निर्वाचनकै सन्दर्भमा गर्नु भएको कुराकानी ः
निर्वाचन प्रचार अभियानमै हुनुहुन्छ । मतदाताहरुको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । अर्जुनधारामा हाम्रो सिङ्गो पार्टी पङ्क्ति मात्र होइन आम मतदाताको तहमा पनि हाम्रो पार्टीको पक्षमा व्यापक उत्साह देखेकी छु । जन लहर देखेकी छु । युवा, प्रोैढ, वृद्ध, महिला सबैमा यस्तो उत्साह उत्तिकै व्यापक पाएकी छु । यो उत्साह र जनलहर निर्वाचनमा हाम्रो विजय सुनिश्चितताको आधार हो भन्ने लागेको छ ।
गठबन्धनलाई परास्त गर्न त चुनौती नै होला नि ?
अर्जुनधारामा एमालेको उचाइ जुनसुकै गठबन्धन भन्दा माथि छ । अर्को कुरा, हामीसँग प्रतिस्पर्धा गर्न भनेर आएको गठबन्धन कुनै विचार, कार्यक्रम, उद्देश्य, गन्तव्य सहित आएको नभएर एमालेको सुदृढ शक्ति विरुद्ध उम्मेदवारहरुको मिलिजुली पदसोपान मात्र हो भन्ने मतदाताले राम्ररी बुझ्नुभएकै छ । बैशाख ३० गतेसम्म कायम रहने यो मिलिजुली पदसोपानले अर्जुनधारामा सुशासन, विकास र समृद्धिको हाम्रो अभियानलाई जनस्तरबाट अनुमोदन गराउन निर्वाचनमा होमिएका हामीलाई कुनै असर गर्दैन ।
परिणामप्रति यति बढी ढुक्क हुनुहुन्छ ?
हामी प्रचारप्रसारको अभियानमा छौं तर मतदाताहरु विजय ¥यालीको मानसिकतामा हुनुहुन्छ । उहाँहरु उत्सव मनाउनका लागि बैशाख ३० पर्खने धैर्य गरिरहनुभएकै छैन । यसपटक नगरपालिकाको कार्यपालिका बैठक र नगरसभामा एमाले मात्र हुने देख्छु । तर हामी प्रतिपक्षको भावनालाई समेत समेटेर काम गर्नेछौं । नगरपालिकाका कामहरुमा सबै दलहरुको अपनत्व हुने गरी काम गर्नेछौं ।
एमालेले नै जित्ने आधारहरु के के हुन् ?
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा एमालेको वा केपी ओलीको मात्रै नभएर आम नेपालीको साझा आकांक्षा हो । सुशासन र विकास एमालेको अगुवाइमा मात्र सम्भव छ भन्ने मतदाताहरुले बुझ्नुभएकै छ । अर्जुनधारा सचेत मतदाताहरु भएको नगरपालिका हो । सबै वडाहरुमा हाम्रा उम्मेदवारहरु अत्यन्तै लोकप्रिय हुनुहुन्छ । निर्वाचन जनताको हामी माथिको भरोसालाई नवीकरण गर्ने अवसर हो । विगतमा एमाले नेतृत्वका तीनै तहका सरकारहरुले गरेका कामहरुको कारण पनि हामी भारी मतका साथ निर्वाचित हुँदैछौं ।
उपमेयरमा तपाईंकै उम्मेदवारी केका लागि ?
कानुनले मेयरको अनुपस्थितिमा निजले गर्ने कामहरु गर्ने मात्रै जिम्मेवारी उपमेयरलाई दिएको नभएर स्थानीय सरकारमा योजना, नीति तथा कार्यक्रम र बजेट निर्माण, न्याय सम्पादन, अनुगमन लगायतका विषयहरुमा उपमेयरका थुप्रै कार्यकारी भूमिकाहरु हुन्छन् । मैले पाँच वर्ष न्यायिक समितिको सदस्य भएर काम गरेकी छु । जनप्रतिनिधिको रुपमा योजना, निर्माण र कार्यान्वयनका अनुभवहरु हासिल गरेकी छु । सामाजिक संस्थाहरु र सहकारीमा काम गर्दा यहाँका समस्याहरु र सम्भावनाहरुलाई नजिकबाट नियाल्ने मौका पाएकी छु । यसकारण उपमेयरको जिम्मेवारी मेरो लागि नौलो अनुभवको विषय बन्ने छैन । यसैकारणले पनि पार्टीले मलाई अगाडि बढाएको होला भन्ने ठानेकी छु ।
अर्को विषय म राज्यका हरेक तह र निकायहरुमा महिलाहरुको सहभागिता मात्रै नभएर अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्छु जुन सहभागिताले कानुनतः हामीले पाएको अधिकारको सार्थक प्रयोग हुन सकोस् । महिलाहरुको सार्थक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको लागि पनि मेरो उम्मेदवारी हो । म अर्जुनधारा बुझेकी महिला हुँ । अर्जुनधारा बुझेको कारण अर्जुनधारालाई बदल्ने र समृद्ध बनाउने काममा योगदान पु¥याउन सक्छु ।
महिला सहभागिताको कुरा उठाउनुभयो । तपाईंको विपक्षी गठबन्धनले त प्रमुख पदमा नेै महिला उम्मेदवार खडा गरेको छ नि ?
हाम्रो पार्टीले झापाका तीनवटा पालिकाहरुमा हिजो उपमेयर÷उपाध्यक्ष जित्नुभएका महिलाहरुलाई यस पटक प्रमुख पदमा उम्मेदवार बनाएको छ । देशभरमा सबैभन्दा बढी महिला उम्मेदवारहरु अगाडि बढाउने दल पनि नेकपा एमाले नै हो । यस पटक स्थानीय सरकारहरुको प्रमुख पदमा हाम्रै पार्टीको कारण महिलाहरुको सहभागितामा वृद्धि हुने देखिएको छ । तर आफुले जित्ने बलियो आधार भएको स्थानमा मौका नदिएर कमजोर स्थानहरुमा प्रमुख पदमा महिला उम्मेदवार खडा गरी महिला उम्मेदवारको संख्या मात्रै देखाउने समस्या पितृसत्तावादकै उपज हो । कमजोर जनाधार भएको ठाउँमा महिला उम्मेदवारी दिएर एकातिर महिला प्रतिनिधित्व गराउन खोजेको देखाउने र अर्कोतिर महिलाहरुले जित्न सक्दैनन् भनेर पुष्टि गराउन खोज्ने यो तरिका बेठिक हो । हामीले प्रतिनिधिसभामा महिला साँसद निर्वाचित गरिसकेका छौं । झापाकै अन्य पालिकामा जस्तै अर्जुनधारामा पनि महिला मेयर एमालेले नै बनाउँछ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
म सम्पूर्ण अर्जुनधाराबासी आमाबुबा, दिदी बहिनी तथा दाजुभाइहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा कुनै किसिमको भ्रम, प्रलोभनमा नपरी सूर्य चिह्नमा मतदान गरेर एमालेका सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्छु । तपाईको घर छेउको सिंहदरबारले पाँच वर्ष तपाईं माथि शासन होइन तपाईंको सेवा गर्नेछ भन्ने प्रतिबद्धता समेत जाहेर गर्दछु । हाम्रो प्रचार अभियानमा उत्साहसाथ सहभागी पार्टी नेता तथा कार्यकर्ता र मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..