४ भाद्र २०७९, शनिबार

‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियानलाई रिभाइभ गर्छुः एमाले तर्फका मेयर पदका उम्मेदवार स्थापित

प्रकाशित मिति :  २३ बैशाख २०७९, शुक्रबार २३:४४


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताउनुभएको छ । ‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थापितले भन्नुभयो, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरुका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छु ।’

‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भन्नुभयो, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।’

उहाँले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताउनुभयो । ‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भन्नुभयो, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।’

स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरीपरीको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । ‘युवाहरु साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौँ महानगर भन्दै खुशी हुन्छन् । यस्ता पार्क सहरभरी धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरुको योजना के– छ ? तिमीहरुको अपेक्षा के– छ ? भनेर घुलनशील गराउने योजना छ,’ उहाँले भन्नुभयो, ‘युवाहरुलाई प्रोस्ताहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना छ ।’

उहाँले युवाहरुलाई उनीहरुको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको बताउनुभयो । त्यसैगरी उहाँले तत्काल गुनासो सुन्न ‘क्वीक रेस्पोन्स टीम’ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि बताउनुभयो ।

उहाँले अहिलेको काठमाडौँको मेयर निर्वाचित भएपछि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । उहाँले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताउनुभयो ।

घर–घरमा स्वास्थ्य नारी कार्यक्रम

उहाँले अहिलेको काठमाडौँको मेयर निर्वाचित भएपछि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । उहाँले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताउनुभयो । ‘केही महिना बृहत छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करीब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्छौँ,’ उहाँले भन्नुभयो, ‘त्यो टीमले कुन वडामा कति विरामी र कस्ता प्रकारका विरामी भनी अनुसन्धान पनि गर्ने छ । त्यहि टिमले उहाँहरुको थप स्वास्थ्यका लागि सहजिकरण समेत गर्नेछ ।’ उहाँले यस्ता पाँच–सात वटै स्वास्थ्य सम्बन्धि प्रष्ट योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

ट्राफिक र फोहोर व्यवस्थापन

ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मतहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्ने उहाँले बताउनुभयो । ‘काठमाडौँ महानगरपालिका मात्रै होइन उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, विजुलीलगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘म मेयर निर्वाचित भएपछि उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छु । केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नु पर्ने जस्तो परम्पराको अन्त्य गर्नेछु ।’ उहाँले काठमाडौँको ट्राफिक व्यवस्थापन र वातावरण मैत्री सहर निर्माणका लागि अपाङ्ग, बालबालिका र बृद्धबृद्धा मैत्री विद्यूतीय सवारीलाई प्राथमिकता दिने बताउनुभयो ।

उहाँले निराशाहरुलाई आशामा बदल्न सहरी योजना आयोग र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियान अघि बढाएको स्मरण पनि गराउनुभयो । अब मेयर भएपछि यो अभियानलाई रिभाइभ गर्ने बताउनुभयो ।

पहिलो कार्यकालका बाँकी काम पूरा गर्ने ध्येय

म पहिलो पटक मेयर निर्वाचित हुँदा काठमाडौँ महानगरपालिका महानगर जस्तो थिएन,’ उहाँले भन्नुभयो, ‘म मेयर निर्वाचित हुँदा कालिमाटीमा सामान्य रुपमा रहेको कार्यालयलाई टेकु हुँदै बागदरबारको भब्य महलमा सारेँ । भूँईको कार्यालयलाई महलमा लगेर व्यवस्थित बनाउने मै हुँ । प्रशास सुधारमा पनि मैले उल्लेख्य भूमिका खेलेको छु ।’

उहाँले निराशाहरुलाई आशामा बदल्न सहरी योजना आयोग र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियान अघि बढाएको स्मरण पनि गराउनुभयो । अब मेयर भएपछि यो अभियानलाई रिभाइभ गर्ने बताउनुभयो । ‘मैले नेतृत्व सम्हालेको करीब ६ महिनापछि एकिकृत सहरी विकासको योजना अघि बढाएँ । बसन्तपुर क्षेत्रको पुर्ननिर्माणको कामलाई अघि बढाएँ । अहिलेको लाइफलाइन बनेको धोविखोला करिडोरको कामलाई मेरै कार्यकालमा अघि बढाएँ ।’

नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था

उहाँले उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । ‘उपत्यकाका सबै स्थानीय तहसँगको समन्वयमा महानगरपालिको नेतृत्वमा उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्छौ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले सबै कुराको जाँच गर्छ । त्यो सँगै उपत्यका बाहिरबाट प्रवेश गर्ने सबै सवारीलाई धोइ–पखाली गरी राजधानी भित्रिने व्यवस्था गर्छौ । त्यति मात्रै गर्ने हो भने यहाँको धुलोको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..