२ भाद्र २०७९, बिहीबार

दुर्घटनाको धम्की नलगाए हुन्छ : अध्यक्ष ओली

प्रकाशित मिति :  २४ बैशाख २०७९, शनिबार १०:३६


इटहरी । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ । आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडेर बनेकाले यसले कुनै ठोस काम नगर्ने बताउनुभयो ।


उहाँले यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको बताउनुभयो । वडामा त एक्लै चुनाव लडन नसक्नेले देश कसरी चलाउन सक्लान् ? अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । उहाँले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन भएको समेत बताउनुभयो ।


अध्यक्ष ओलीले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने बताउनुभयो । उहाँले गठबन्धनका दललाई मकिएका मकैको ढोडको संज्ञा दिनुभएको छ । काँग्रेसले टेकेर हिँडेको मकैको ढोडकहि न कहि दुर्घटना हुने निश्चित रहेको उहाँको बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले जाती, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने प्रष्ट्याउनुभयो । उहाँले काँग्रेसले २७ वर्षसम्म नेपालको शासनगर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाउनुभयो । एमाले सरकारमा जाने वित्तिकै लछिन आउने उहाँको बताउनुभयो ।


स्थानीयतहको चुनावबाट काँग्रेस एमालेको कम्मर कम्मर आउने र आमचुनाववाट घुडाँ घुँडा आउने जनाउनुभयो । गठवन्धनका अन्य दल काँग्रेसको आङमा वसेका झिङ्गा धपाउने मात्र भएको बताउनुभयो । प्रचण्डतर्फ संकेत गर्दै उहाँले भन्नुभयो “दुर्घटनाको धम्की नलगाए हुन्छ,चिसैपानीले नुहाए हुन्छ ।” उहाँले प्रचण्डको धम्कीले केहि नहुने बताउनुभयो । उहाँले नयाँ मतदाताहरुलाई सोच विचार गरेर मात्र मतदान गर्न आग्रह गर्नुभयो ।


राप्रपाका विषयमा शंकेत गर्दै अध्यक्ष ओलीले राजतन्त्रको चिहान खनेर केहि हुनेवाला छैन भन्नुभयो । जनताको छोरा छोरी विदेश गएपनि वुढेसकालमा पाल्ने पार्टी एमाले भएकाले सूर्य चिन्हमा मतदान गर्न जेष्ठ नागरिकलाई आग्रह गर्नुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,एमाले जिल्ला अध्यक्ष रेवती भण्डारी,प्रदेश सदस्य लिलम वस्नेत,इटहरी उपमहानरपालिकाका प्रमुख द्धारिकलाल चौधरी लगायतले इटहरीमा फेरी पनि एमालेले जित्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..