२ भाद्र २०७९, बिहीबार

अध्यक्ष पदका उम्मेदवार भरत बहादुर भन्नुहुन्छ–‘म विजयी भएपछि रौतामाई गाउँपालिकाबासीको भरोसा बनेर काम गर्छु’

प्रकाशित मिति :  २४ बैशाख २०७९, शनिबार १३:४८



सुमित्रा कोईराला
उदयपुर । रौतामाई गाउँपालिकाका नेकपा (एमाले) तर्फका अध्यक्ष पदका उम्मेदवार भरत बहादुर थापा उदयपुर जिल्लामा विकासप्रेमि नेताका रुपमा परिचित हुनुहुन्छ । साविक रौतामाई गाविस वडा नम्बर ८ कोप्चे (हाल रौतामाई गाउँपालिका) मा २०२० सालमा जन्मिनु भएका थापा २१ वर्ष लामो शिक्षण पेशाको अनुभव संगालेको व्यक्ति हुनुहुन्छ । आमा कमलाशेरी र बुबा शिवमर्दन थापाको पहिलो सन्तानका रुपमा जन्मिनु भएका भरतबहादुरले जनता माध्यमिक विद्यालय देउरीबाट एससलसी गर्नुभएको छ भने थापाले महेन्द्र बहुमुखी क्याम्पस राजविराजबाट प्रविणतापत्र तह उत्तिर्ण गर्नुभएको छ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा होमिनु भएका उहाँ सुरुमा नेकपा मालेमा संगठित भएर संगठन निर्माणमा सक्रिय रहनु भएको थियो । लामो समय विद्यार्थी राजनीतिमा समेत संलग्न उहाँ २०४६ सालमा नेकपा (एमाले) को संगठित सदस्य भई निरन्तर राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा होमिनु भएका उहाँ सुरुमा नेकपा मालेमा संगठित भएर संगठन निर्माणमा सक्रिय रहनु भएको थियो । लामो समय विद्यार्थी राजनीतिमा समेत संलग्न उहाँ २०४६ सालमा नेकपा (एमाले) को संगठित सदस्य भई निरन्तर राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।

२०४८ सालमा गाउँ कमिटी अध्यक्षको भूमिकामा रही काम गर्नुभएका उहाँले जिल्लाका विभिन्न ३ वटा विद्यालयमा प्रधानाध्यापकको रुपमा अध्यापन गराउनु भएको थियो । त्यसकारण पनि उहाँले आफूलाई एक कुशल शिक्षकको रुपमा परिचित गराउनु भएको छ । नेपाल शिक्षक संगठनमा समेत रहेर काम गर्नुभएका थापाले नेकपा (एमाले) उदयपुरमा ३ कार्यकाल सदस्यको भूमिका निर्वाह गर्नुभएको छ । त्यसैगरी उहाँले २ कार्यकाल सचिवालयमा रही काम गर्नुभएको थियो भने हाल उहाँ नेकपा (एमाले) उदयपुरको सहसचिवको भूमिकामा हुनुहुन्छ।

रौतामाई गाउँपालिको समाजसेवीको रुपमा परिचित थापाले आफ्नै लगानीमा रौतामाई गाउँपालिकामा प्रवेशद्धार बनाउनु भएको छ भने आमाको नाममा विद्यालय निर्माण गर्नुभएको छ।अष्ट्रेलिया, क्यानडा र थाईल्याण्डको भ्रमण गर्नुभएको थापा त्यहाँको विकासको अनुसरण गर्नुपर्ने बताउनुहुन्छ । साविवको नामेटार, भुट्टार, पोखरी, आँपटार, रौता, गाविसहरु मिलेर बनेको रौतामाई गाउँपालिलाई नमूना गाउँपालिका बनाउने उहाँको योजना छ । ‘यहाँका सबै भूभाग पाहाडी क्षेत्रमा पर्दछ,’ उहाँले भन्नुभयो, ‘यो भौगोलिक हिसावले विकट गाउँपालिका पनि हो। यो गाउँपालिकालाई समृद्ध पालिका बनाउँछु भन्ने अठोटका साथ म अहिले उम्मेदवार बनेको छु ।’

‘पालिका भित्र सडक सञ्जाल विस्तार गर्ने, विस्तार भएका सडकको स्तरोन्ती गर्ने, मुर्कुचीदेखि पालिकाको केन्द्र भुट्टारसम्म पक्की सडक बनाउने मेरो योजना हुन्,’ उहाँले भन्नुभयो, ‘म निर्वाचित भएपछि कृषिमा लगानी गर्ने कसैले बाझो जग्गा राख्न नपाउने नीति ल्याउँछु र त्यो नीति कार्यान्वयनमा लैजान्छु ।’

उहाँले उम्मेदवार बनेर जनताको घरदैलोमा जाँदा पनि यहि एजेण्डा राख्ने गरेको बताउनुभयो । ‘पालिका भित्र सडक सञ्जाल विस्तार गर्ने, विस्तार भएका सडकको स्तरोन्ती गर्ने, मुर्कुचीदेखि पालिकाको केन्द्र भुट्टारसम्म पक्की सडक बनाउने मेरो योजना हुन्,’ उहाँले भन्नुभयो, ‘म निर्वाचित भएपछि कृषिमा लगानी गर्ने कसैले बाझो जग्गा राख्न नपाउने नीति ल्याउँछु र त्यो नीति कार्यान्वयनमा लैजान्छु ।’

उहाँले आफ्नो चुनावी घोषणापत्रमा सवैको घरमा विद्युत पुर्याउने, २ वर्षभित्र खरको छाना विस्थापित गर्ने, कृषिमा अनुदान दिने संयन्त्र बनाउने, सिंचाईको सम्भावनाको खोजि गरी प्रबन्ध मिलाउने जस्ता कुरालाई समावेश गर्नुभएको छ । ‘उदयपुरको धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरी र झाँक्री मन्दिरको संरक्षण सम्बर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विशेष पहल गर्नेछु,’ उहाँले भन्नुभयो, ‘सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको लागि प्रतिवद्ध छौँ। सुत्केरी महिलाहरुको लागि निशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउने, बृद्धबृद्धाको स्वास्थ्य जाँचका लागि शिविर संचालन गर्ने, महिलाको आर्थिक अवस्था उकास्नका लागि लघु उद्यम संचालन गर्ने, आय–आर्जनका लागि समुहमा संगठित गरेर सामुहिक रुपमा उद्योग संचालन गर्ने प्रबन्ध मिलाउने जस्ता कुरालाई पनि हामीले प्राथमिकतामा राखेका छौँ ।’

पालिकामा प्रशासनिक सुशासन कायम राख्ने, नागरिकको काममा ढिला–सुस्ती नगर्ने, कार्यालयसम्म हिडेर आउन नसक्नेका लागि घरमै पुगेर सेवा दिने जस्ता विषयलाई पनि घोषणापत्रमा समावेश गरेको थापाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..