२८ श्रावण २०७९, शनिबार

साँफेबगर : हाम्रो विजयलाई कसैले रोक्न सक्दैन – कुवँर

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार १०:०६


अछाम । साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले शैक्षिक क्षेत्रको बिकासकालागि गुरु योजना बनाएर अघि बढ्ने बताउनु भएको छ।

उहाँले नगर पालिकामा रहेका शिक्षकहरुको सहकार्य र सुझावको आधारमा गुरु योजना निर्माण गरि शैक्षिक क्षेत्रमा सुधार गरिने बताउनु भएको हो । साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा भएको चुनावी आमसभामा बोल्दै उहाँले समाजमा हुने विभिन्न लैंगिक हिंसा विरुद्ध विषेश अभियान चलाई लैंगिक हिसाको अन्त्य गर्न कुनै कसर बाकी नराख्ने बताउनु भएको हो।

बाम गठबन्धनको तर्फबाट नगर पालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंसा मुक्त नगरपालिका बनाउने योजना रहेको भन्दै लैगिंक विभेदमा शून्य सहनशिलताको नीति अवलम्बन गरिने बताउनु भयो। चुनावी सभामा कुँवरले हरेक क्षेत्रको विकासकालागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको धारणा राख्नु भयो ।पर्यटन शिक्षा स्वास्थ्यको बिकासकालागि आफूसॅग ठोस योजना रहेको भन्दै कुवरले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गरेर जनताको आय स्तर उकास्ने बताउनु भयो ।

उहाँले एक वडा एक खेल मैदान निर्माण, भूमिहीन र सुकम्वासीहरुकालागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ । आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरिने बताउनु भएको छ। उहाँले नगरपालिकामा महिला यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि लक्षित वर्गका मागलाई प्राथमिकतामा राखिने बताउनु भएको छ उहाँले नगरपालिकामा रहेका विपन्न र लक्षित वर्गका मागलाई विषेश सम्बोधन गरीने बताउनु भएको हो।

उहाँले जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरीने बताउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र कोलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द रहनु भएको थियो।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..