२५ श्रावण २०७९, बुधबार

एमाले ह्याट्रिकको तयारीमा

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार १०:३०


काठमाडौँ । दुई–दुई पटक टीकापुर नगरपालिका जितिसकेको नेकपा (एमाले)ले यसपटक ह्याट्रिक गर्ने तयारीमा रहेको छ । एमालेले तेस्रो पटक टिकापुर जितेर ह्याट्रिक पर्ने तयारीमा रहेको छ ।
एमालेले मेयरमा श्याम खत्री र उपमेयरमा उपमा केसीलाई उम्मेदावर बनाएको छ ।
यसअघि टीकापुर २०५४ सालमा रत्नप्रसाद संजाल र २०७४ सालमा तपेन्द्र रावल मेयरमा निर्वाचित भइसकेका छन् । टीकापुर दोस्रो पटक रत्नप्रसाद सञ्जालले गरेका विकासका कामले जितेको हो
टीकापुरमा विकासको सुरुवात २०५४ सालमा मेयर रत्नप्रसाद संजालले गर्नु भएको हो । टीकापुरमा एमालेप्रति जनताको रुझान त्यतिवेला देखि नै रहेको हो । यसपटकको स्थानीय तहको निर्वाचनमा पनि पहिलेकै जितलाई निरन्तरता दिन टीकापुरमा सजिलो हुने एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटीका सहसंयोजक सम थापाले दाबी गर्नुभयो । “विगतमा गरेको कामको आधारमा हामीले टीकापुर जित्छौ” उहाँले भन्नुभयो, “हामी टीकापुरको पुरानो बर्चश्व कायम राख्छौ ।”
२०५१ सालको मध्यवधि निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट पनि एमालेका हिमाञ्चलराज भट्टराई निर्वाचित हुनु भएको थियो । कैलाली क्षेत्र नं. १ टीकापुर नगरपालिकमा नै पर्दछ ।

नेकपा एमाले टीकापुरले ११ खम्बे विकास मोडल मार्फत टीकापुरको विकास र समृद्धिको योजना अघि सारेको छ । “यो मोडेलले सम्पूर्ण नगरवासीको भावना र चाहनाको सही ढंगले प्रतिनिधित्व गर्ने भएकोले जित सुनिश्चित छ” थापाको दाबी छ ।
यस्तै टीकापुर नगरपालिका भित्र १२० मध्ये सय वटा टोल कमिटी एमाले बनाएको छ । “एक बर्षदेखि संगठनलाई वडादेखि टोलीसम्म चयालमान गरेको छ । चुनावभन्दा अगाडि वडा, नगर जिल्ला र महाविधेशन गरेर कार्यकर्ता परिचालन भएका छन,”थापाले भन्नुभयो “हामीभित्र भएको एकता र विगतमा गरेका कामका आधार हामी जित्छौ ।”
एमालेले टीकापुरका जनतालाई जनप्रतिनिधिको अभाव हुन दिएन । संघीय सांसद रेशम चौधरी जेलमा रहेको अवस्थामा पनि एमालेले टीकापुरको अभिभावकिय भूमिकामा ठूलाठूला परियोजना ल्यायो । मेयर तपेन्द्र रावलले पनि टीकापुरका जनतालाई आपसी सद्भाव कायम राख्नुभयो ।
सरकारको करिब दुई सय करोडको बजेटमा लम्की – खक्रौला २९.७ किलोमिटर एप्रोच सडक स्तरोन्नती भइरहेकोछ । टीकापुर वडा नं. ६ देखि भजनी नगरपालिकासम्म जोड्ने २५ करोड लगानीमा १० किमि पक्की सडक, टीकापुरमा सिटी र आधुनिक बसपार्क बनाउने योजना एमालेकै हो । ल्याण्डमार्कका रुपमा टीकापुरको परिचय दिलाउने घण्टाघर र पार्क गेट एमालेकै सोचको उपलब्धि हो ।
यसैगरी वडा नम्बर ६ मा प्रदेश सरकारको करिब साढे २ करोड रुपैया बजेटमा आम्बासा भगवानपुर र सिमरेनीमा सडक कालोपत्र भइरहेको छ ।
यस्तै रानीजमरा सिंचाई आयोजना र सो आयोजना अन्तर्गत आब २००७७÷०७८ मा २ सय ३५ करोड बजेट विनियोजन गर्ने पहल एमाले टीकापुरकै हो । विगतमा यस गौरबको आयोजनाका लागि ४०÷५० करोडको सिलिङ हुन्थ्यो । उक्त बजेट मध्ये २७ करोड कृषि कार्यक्रममा मात्र छ । तर पाँच दलिय गठबन्धन सरकारले यो बजेट यो बर्ष खर्च गर्न नसक्ने देखिदा फ्रिज हुने अवस्थामा छ ।
कृषिको २७ करोड मध्ये हालसम्म दुई करोड मात्र खर्च भएको बताइन्छ । अब यो आर्थिक बर्ष सकिन दुई महिना मात्र बाँकी रहदा २५ करोड फ्रिज हुने अवस्थामा छ । “केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकार हुदा हामीले टीकापुरको विकासका लागि यति धेरै बजेट विनियोजन गरायौं तर गठबन्धन सरकारका संयन्त्रहरुले यो बजेट खर्च नै गर्न सकिरहेका छैनन्” पूर्व पत्रकार समेत रहेका एमाले नेता थापाले भन्नुभयो ।
यस्तै मुक्त कमैयाका आन्दोलनमा एमालेले नेतृत्व रहेको हो । विभिन्न गैरसरकारी संस्थामार्फत एमालेले मुक्त कमैया आन्दोलन उठान गरेर सफल भएको हो । जसले गर्दा टीकापुरमा रहेका मुक्त कमैयाको मत एमालेमा आउने आउने छ ।
कोरोना भाइरसको समयमा टीकापुर अस्पतालमा ७५ लाख रुपैया बजेटमा अक्सिजन प्लान्ट राखेर कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सफल भयो ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जनसंगठन समन्वय विभाग प्रमुख द्धारिकाप्रसाद न्यौपानेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियान टीकापुरले निर्वाचनमा जितेर पुरा गर्ने बताउनुभयो । सत्तागठबन्धन नभएको अवस्थामा टिकापुर नगरीमा एमालेको पक्षमा जनलहर छाएको उहाँको भनाई रहेको छ ।
उहाँले सत्तापक्षको अप्रवित्र गठबन्धन र त्यसमा पनि धेरै नै असन्तुष्टि रहेकोले जनताको विश्वास लिएको पार्टी एमाले भएकोले सवैले सूर्यमा मतदान गर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..