अधुरा काम पुरा गर्दै फुङ्लिङलाई नयाँ रूप दिन्छु : प्याकुरेल

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका लागि नयाँ नाम होइन छत्रपती प्याकुरेल । उहाँ यस अघि पनि नगरपालिकाको सफल मेयरका रूपमा परिचित हुनुहुन्छ ।यस पटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पुनः मेयर पदको उम्मेदवार बन्नुभएका प्याकुरेल अब अधुरा काम पुरा गर्दै नगरलाई नयाँ स्वरुप दिने आफ्नो योजना रहेको सुनाउनुहुन्छ ।जनताको घर दैलोमा अहिले उहाँ पुग्नु भएको छ ।
उहाँले कयौं कामहरू गरेता पनि केही अधुरा काम पुरा गर्न अहिलेको उम्मेदवारी आवश्यक भएको बताउनुभएको छ । पार्टीले पुन जिम्मेवारी दिएकाले फेरी चुनावी मैदानमा आएको र जित सुनिश्चित भएको उहाँको भनाई छ ।
प्याकुरेलले आगामी ५ वर्षमा फुङलिङ नगरपालिकालाई नयाँ रूपबाट विकासका प्रकियालाई अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँको घोषणा पत्रमा नगरको समृद्धि र विकासको प्रमुख आधार शिक्षा, स्वास्थ्य, कृषि पशुपालन, पर्यटन जलस्रोतलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
यस्तै आगामी ५ वर्ष भित्र सुकुम्बासी मुक्त नगर घोषण गरी पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धन, खेलकुदको लागि निर्माणधीन फुनपा २ को रंगशालालाई चाँडै सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
यस्तै विभिन्न विद्यालयमा बालिका मैत्री शौचालय स्यानिटरी प्याट र डेन्टिङ मेसिनको व्यवस्था गर्ने गरिने जनाइएको छ । प्रत्येक नगरबासिलाई स्वास्थ्य बिमा गराउने, फोहोर मैला व्यवस्थापन र सरसफाइ को लागि स्वच्छ सफा सुन्दर हरियाली फुङलिङ नगर बनाउले प्रतिवद्धता अघि सारिएको छ ।
‘फोहोर फाली कमाउ मोहर’ जस्ता नारा सहित व्यवस्थापन गर्ने पनि बताइएको छ । विद्युतीयकरण, आधुनिक उर्जा, सडक तथा यातायात आवास व्याव्यस्था, सरकारी क्षेत्रको विकास, भूमि व्यवस्थापन सहकारी विकास र वस्ती विकासलाई अघि सारिएको छ ।
यस्तै आगामी ५ वर्ष भित्र सुकुम्बासी मुक्त नगर घोषण गरी पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धन, खेलकुदको लागि निर्माणधीन फुनपा २ को रंगशालालाई चाँडै सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
महिला समानता र सशक्तीकरण, गरीबी निवारण तथा रोजगारी सिर्जना, वृक्ष रोपण गरी हरियाली नगर विकास, कर छली लाई नियन्त्रण गरी स्थानीय अभिलेख व्यवस्थापन गरिने छ । सूचना तथा सन्चार प्रणाली सँगै फुङलिङ नगरपालिकाका सबै वडाहरु सम्म १२ महिने यातायात सञ्चालन हुने गरी सडकलाई स्तरोन्नति गरिने छ ।
शेर्पा टोल, मित्लुङ हुँदै तमोर करिडोरलाई कालोपत्रे, साथै अन्य मोटरबाटो लाई स्तरोन्नति गरिने प्रतिबद्धता अघि सार्नुभएको छ । उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा ३८९५ मत ल्याउँदै विजयी हुनुभएको थियो ।