४ जेष्ठ २०७९, बुधबार

वडा सदस्यका उम्मेदवारः एल.सी सर

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार १६:३३


प्रजातन्त्रका लागि पञ्चायत बिरोधी गतिविधि गर्दा लिला चक्र गुरुङले ताप्लेजुङ, इलाम र झापाको जेल पटक÷पटक झेल्नु भयो । २०४४ साल माघमा काठमाण्डौबाट शिक्षक संगठनको सदस्यता रसिद बोकेर ल्याउदै गरेका उहाँलाई प्रहरीले रसिद सहित वाटैमा पक्राउ गर्यो र सुनसरीको इनरुवामा ३२ दिन हिरासतमा राख्यो । संघसँस्था मुद्धा चलाएर उहाँलाई विराटनगर जेल चलान गरियो । गुरुङको यो चौथो जेल जिवन थियो । ५ महिना पछि पुनरावेदन अदालत धनकुटाले तारेखमा रिहा गर्यो ।तीनै गुरुङ अहिले फुङलिङ नगरपालिका २ मा वडा सदस्यको उम्मेद्धार बन्नु भएको छ ।

होचो कद र मिजाशिलो स्वभावका लिलाचक्र गुरुङ वामपन्थी आन्दोलनका अगुवा मध्येका एक हुनहुन्छ । फुङलिङ नगरपालिका २ मा एमाले पार्टीवाट वडासदस्यको उम्मेद्धार वनेका उहाँले लामो समय शिक्षण पेशा गरे । जिल्लाकै उच्च हिमाली वस्ति लेलेपको घुन्सामा प्रधानाध्यापक भएर एक दशक चलाउनुभयो । योवेला उनले घुन्सा गाउ‘मा पहिलो पटक इञ्टरनेट सेवा पुरयाउनु भयो । । वालवालिकाका हातमा कम्प्युटरको किवोर्ड राखिदिनुभयो । विद्यालयमा छात्र वास वनाएर वावु आमास‘गै चौंरी डुलाउने वालवालिकालाई विद्यालयमा भर्ना गर्नुभयो । उहाँले गरेको यो शिक्षा क्षेत्रको उदाहरणीय काम हो ।वडा सदस्यका उम्मेदवार गुरुङसँग प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त लिम्बुले गर्नुभएको अन्तर्वार्ता

तपाई पञ्चायतमा पनि आन्दोलन गरेको मान्छे आन्दोलन गर्नु र भोट माङनु कुन सजिलो रहेछ ?
आन्दोलन गाहे । भोट माङनु त के गाहे र । आफ्ना वावुआमा, दाजुभाई दिदी वहिनीकोमा गएर आफ्ना कुरा भन्न सुनाउन मज्जै आएको छ ।

तर तपाई त अध्ययन गर्ने वस्ने स्वभावको मान्छे हो नी ?
हैन मैले हिडेर, डुलेर कुराकानी गरेरपनि धेरै काम गरेको छु । त्यसैले पनि गाहे लागेको छैन ।

तपाई जिल्ला समन्वय समिति प्रमुख हुनकालागि उम्मेद्धार वनेको भन्ने छ तेस्तो हो ?
हाम्रो पार्टीले जिल्ला समन्वय समितिमा को जाने भनेर निर्णय गरेको छैन । मपनि लामो समय राजनीति गरेको, अहिलेपनि पार्टीका कार्यालय सचिव भएर काम गरिरहेको छु । अहिलेसम्म निर्वाचनमा सहभागी नभएको मान्छे । मनपनि लाग्यो । वडाको पार्टी कमिटिमा सोधें उठ्नु हुन्छ भने उठ्नु होस्न त भन्नुभयो । पार्टी अध्यक्ष लगायत अरु मान्नुपर्ने मान्छेलाई सोधें ठिकैछनी भन्नु भयो । त्यसपछि उम्मेद्धार भएको हु‘ । तर वडामा वसेरपनि राम्रै काम गर्न सकिन्छ की भन्ने चॉही लागेको छ ।

जनताले के भन्दा रहेछन ?
ठिकै छ भन्नु भएको छ । हेरौं राम्र्रै हुन्छ होला

तपाईको पुरानो राजनीतिक जिवनको पृष्टभुमिमा जौं न । तपाईले जान्दाको राजनीति कस्तो थियो ?
त्यो बेलाको प्रशासकले कतिलाई जेल हाल्थ्यो । कतिलाई दुर्गम, खान नपुग्ने, उत्पादन नहुने ठाउँमा पुर्याएर प्रहरीको निगरानीमा छोडिदिन्थ्यो । लेलेपको घुन्सा पनि तेस्तो गाउ‘ हो, जहॉ राजनीतिक बन्दिलाई पुर्याएर छोडिएको थियो । फापर, उवा, गहु‘, जौं, मात्रै फल्ने यो गाउमा यहा उत्पादित अन्नले तीन महिना मात्रै खान पुग्थ्यो । त्यहा पुर्याएर छोडिएका त्यो वेलाका राजनीतिक बन्दी सुर्यमान गुरुङ, अम्विका सॉवा, काजी श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।संयोग मैले यही गाउमा दशकसम्म वसेर प्रधानाध्यापकको रुपमा पढाए । अहिले त यो पर्यटकिय नगरी भएको छ ।

तपाई धेरै अध्ययनशिल मान्छे । पुस्तकहरु पढिरहनु हुन्छ । राणा शासनको आन्दोलनको अवस्था कस्तो थियो ?
जहानिया राणा साशन विरुद्ध आवाज उठाउने क्रममा हाङपाङ गाविसका ओझाहाङ लिम्वूले ज्यान गुमाउनु भयो । वि. सं. १९५२ को माघ महिनामा । धनकुटाबाट ताप्लेजुङमा अमिन अड्डा सार्ने राणा सरकारले गरेको निर्णयको उहाले विरोध गर्नुभएको थियो । त्यही विरोध गरेकै कारण उनलाई फुङलिङ गाविस स्थित भुँडे जंगलमा पात्लेको रुखमा झुण्ड्याएर मारिएको थियो । मेरो वुझाइमा स्वतन्त्रता बिरुद्धको आवाज उठाउदाको पहिलो घटना थियो कि जस्तो लाग्छ ।

राणा शासनपछिको अवस्था चॉही ?
परिवर्तनका लागि झापा जिल्लामा २००९ सालमा भएको किसान आन्दोलनलाई तत्कालीन सरकारले निर्मम दमन गर्यो । आत्मरक्षाका लागि नारायण ओली, हस्तबहादुर कार्की, बुधरसिंह मेचे लगायतका त्यहाँका आन्दोलनकारी ताप्लेजुङको आठराईमा आएको भन्ने छ । त्यहा रहँदा उनिहरुले कम्युनिष्ट राजनीतिको प्रभाव र विस्तार गरेको पाईन्छ । २०१४ सालदेखि ताप्लेजुङमा कम्युनिष्ट राजनीतिको गतिविधि नियमित हुन थाल्यो । बिष्णुकुमार तुम्बाहाम्फे, वल्लभमणि दाहालले नेतृत्व लिएर सम्पर्कको काम गरेका थिए । रुद्रकुमार शाक्य, प्रजापति काप्mले, हरिप्रसाद काप्mले, लक्ष्मी अधिकारी, टीकादत्त भट्टराई, दिवाकर बराल, पोष्ट बहादुर कार्की जस्ता क्रान्तिकारीहरु जिल्लामा सक्रिय थिए । २०१६ सालमा सदरमुकाममा रहेको पोष्टबहादुर कार्कीको घरमा क्रान्तिकारीहरुको भेला भएको थियो । त्यसले रुद्रकुमार शाक्यको अध्यक्षतामा कम्युनिष्ट पार्टीको जिल्ला कमिटी गठन गरेको पाइन्छ । सचिवमा लक्ष्मी अधिकारी र सदस्यहरुमा प्रजापति काफ्ले, नरध्वज थापा, यमकान्त भट्टराई, दिवाकर खतिवडा, पोष्टबहादुर कार्की रहनुभएको थियो ।
त्यसवखत वी.पि. सरकारले अधिया बाली गर्ने ऐन बनाएका थियो । त्यसको कार्यन्वयन गर्ने सिलसिलामा ताप्लेजुङ्गका जिल्ला कम्युनिष्ट पार्टीको विशेष पहल तथा नेतृत्वमा अधिया बाली अभियान संचालन भयो । खेतको खला–खलामा गई मोहीलाई धान चुट्न लगाएर अधिया गर्न लगाए । यसले दोखु, फुङलिङको मेदिवुबुङ, हाङदेवामा धेरै प्रभाव पार्यो । त्योवेला तेह्रथुमका विष्णु बहादुर तुम्बाहाम्फे मार्फत पार्टीको उपल्लो तहको सम्पर्क हुन्थ्यो भन्ने छ ।

पञ्चायतमा चॉही कस्तो अवस्था थियो ?
राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि साम्यवादको खुला गतिविधि हुन पाएन । प्रजातन्त्रबादीले कार्यकर्तालाई प्रजातन्त्रप्रति सचेत र सजग गराउन रात्री कालिन शिक्षा कार्यक्रम बनाइ लागु गरे । फुङलिङको मेदिवुङ, देउलिङ्गे लगायतका टोलमा गोप्यरुपमा साम्यवादी शिक्षा दिइन्थ्यो । त्यसैबेला संसदीय व्यवस्था पुर्नस्थापनाकालागि नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको थालनी गर्याे । सुर्यमान गुरुङको नेतृत्वमा प्रहरी ठानामा सशस्त्र आक्रमण भयो । एक जना अर्दलीको मृत्यु भयो । सानो सदरमुकाम भित्र स्वेत आतङ्क भयो । यसको तिव्र दमन भयो । तत्कालीन नेपाली काँग्रेसका सभापति श्रीप्रसाद पराजुली समेत भागिमान गुरुङ, डेलमान गुरुङ, तारामान गुरुङ, ओम गुरुङ, दुर्गा पराजुली
लाई गिरप्mतार गरियो र तत्कालिन ठानाको हिरासतमा राखियो । चरम यातनाका कारण पराजुलीले हिरासतमै ज्यान गुमाउनु पर्यो । अन्यलाई निर्मम तथा अमानवीय यातना दिइयो । केही समय हिरासत राखी रिहा गरे । आत्मरक्षाका लागि रुद्र कुमार शाक्य काठमाडौ पलायन भए । सूर्यमान गुरुङ लगायत भारतमा प्रवासी भए । जिल्लाका दुईपार्टीका संगठन स्वतः विघटित जस्तो अवस्थामा पुगे ।

आन्दोलनहरु सवै सकिए ?
हैन, २४ सालतिरको कुरा हो, आठराईमा साम्यवादी आन्दोलनको प्रभाव देखियो । नरेश शाक्यको सक्रियतमा २६ सालमा फुलबारीमा गाउँ कमिटि गठन गरे । जसमा मेदनी प्रसाद, धर्म प्रसाद भट्टराई ओमनाथ उप्रेती लगायतका सम्लग्न थिए । रामनाथ दाहालले निघुरादिन, फुलबारी, हाङपाङ, चाँगेमा साम्यवादी गतिविधि गरेका थिए । मोती मा.वि. खोक्लिङ्गका प्र.अ. ओम कृष्ण सिटौला, भानु मावि का प्रअ नन्द कुमार प्रसाई कम्युनिष्ट राजनीति प्रचारमा सक्रिय थिए । २७ सालमा खोक्लिङ्ग स्थित अम्बिका साँवाको घरमा भेला गरी कम्युनिष्ट पार्टीको ताप्लेजुङ जिल्ला कमिटी गठन भएको पाइन्छ । दिवाकर बराल (हाङदेवा) नन्दकुमार प्रसाई (हाङपाङ), अम्बिका साँवा (खोक्लिङ्ग), ओमकृष्ण सिटौला (आठराई) सदस्य थिए । केही समय पछि फुङलिङका कैलाश मादेन, शिव दाहाल, काजी श्रेष्ठ र सॉघुका डिल्ली घिमिरे कमिटीमा थिए । २८ साल माघमा सदमुकाम स्थित भानु माविमा एसएलसी परीक्षामा केन्द्राध्यक्ष विरुद्ध झगडा भयो । त्यस काण्डमा टंक कार्की, केशव साँवा, उपेन्द्र आचार्य (पाँचथर) टावन सिग्देल, दावाएन लामा, कृष्ण गिरी, काजी श्रेष्ठ लगायत थिए । ३० सालतिर तेह्रथुमका सुर्य कन्दङवा पनि ताप्लेजुङमा साम्यवादी राजनिति प्रचारमा आएका थिए ।
त्यसवेला नन्दकुमार प्रसाईलाई गिरफ्तार गरी जेल हालियो । अम्बिका साँवालाई उत्तरी प्रशासन लुङथुङले लुङथुङमा क्षेत्रमा एरिया वन्दी गरे । ओमकृष्णलाई ताप्लेजुङ्ग आउन निषेध गरियो । अम्बिका साँबा, काजी श्रेष्ठ लगायतलाई सजाय स्वरुप घुन्सा पुर्याइयो र ६ महिना बढी राखियो । सुर्यमान गुरुङ यसअघिनै त्यहा बन्दी भइसकेका थिए । २७ सालमा गठित कमिटि निश्क्रिय हुन थाल्यो । कोके राजनितिले प्रभाव जमाउन थाल्यो । २०३२ सालतिर देवराज घिमिरे, हरि घिमिरे, भरत श्रेष्ठ, टंक कार्की धरानमा अध्ययनरत हुदाँ उनीहरु सवै रेडगार्ड संगठन ९च्न्इ च्भम न्गबचम इचनबलष्शबतष्यल० मा थिए । हरि नेपाल इलाम क्याम्पसमा पड्थे । त्यहा उनको रत्न कुमार बान्तवा, झलनाथ खनाल लगायतका कोके नेताहरुसँग भेट भएको पाइन्छ । नेपालले ३३ बैशाखमा सिनाम कोलवोटेमा ५ सदस्यीय गाउँ स्तरको कोके गठन गरे । आफैं सचिव बसेका नेपालले किशोर थेवे, कुल प्रसाद उप्रेती, निरन्तर थेवेलाई कमिटिमा राखेको पाइन्छ ।
इलाम क्याम्पस पड्न गएका डिल्लीजङ मादेन सचिव रहेको जिल्ला स्तरिय कोके संगठनमा हरी नेपाल, कुलप्रसाद उप्रती, सिंह बहादुर इवाराम, देउमान कुँवर थिए । सिनाम, सिकैचा, खेवाङ, मांमाखे , थेम्चबु, आम्वेगुदिन, जस्ता गाविसमा कम्युनिष्ट गतिविधि बढाए । हरि नेपाल, खेमराज खरेल, किशोर थेवे, डिल्लीजंग मादेन, कुल प्रसाद उप्रेती शिक्षक अगुवा थिए । स्थानीय प्रशासनले दमन गर्ने क्रममा ३३ साउनमा खेमराजको घर खानतलासी गरेपछि धरपकड शुरु भयो । खरेल, उप्रेती र किशोर थेवेलाइ राजकाज मुद्दा चलाईयोे । उनिहरुलाई सुरुमा जिल्लाको हिरासतमा राखियो ।
त्यसैबेला वर्ग शत्रु सफाय कार्यक्रम भन्दै संखुवासभाका एक जना साहुलाई कम्युनिष्ट क्रान्तिकारीले हत्या गरे । त्यसपछि दमन बड्यो । टिक्ने अवस्था नभएपछि वासु शाक्य, हिम खम्बा कान्छी ताप्लेजुङ्ग आए । २०३६ बैशाख २ गते आम्वेगुदिन लक्ष्मी कुँवरको घरमा प्रथम जिल्ला सम्मेलन भयो । कञ्चनजंघा जिल्ला कमिटि नामाकरण भयो । सचिवमा नेपाल, सदस्यहरुमा बाशु शाक्य कुलप्रसाद उप्रेती, इद्र डाँगी, सिंहबहादुर, इवाराम र वैकल्पिक सदस्यहरु देउमान कुँवर र चन्द्रबहादुर पुरी भए । त्यसबेला ताप्लेजुङ्ग र तेह्रथुम जिल्लाको केही भाग समेटेर कमिटि गठन गरिएको थियो ।

रत्नकुमार वान्तवाको हत्यापछि अमृत वोहरा पार्टी कामको दौरानमा ताप्लेजुङ्ग आए । उनकै पहलमा कञ्चनजंघा जिल्ला कमिटिलाई नेकपा (माले) ताप्लेजुङ्ग जिल्ला कमिटिमा परिणत गरियो । त्यो बैठकले देउमान कु“वर र चन्द्रबहादुर पुरीलाई पुर्ण सदस्य बनायो । त्यसैवखत ३५ सालमा नेकपा (माले) गठन भयो । त्यसले देशभर पर्चा छर्ने अभियान थियो । पर्चा छरेको आरोपमा थेचम्बुका मेदनी प्रसाद कोइराला, धिरेन्द्र मेन्याङवो, तुलाराम कटुवाल ३५ साल फागुनमा पक्रा परे । निर्मम यातना पछि उनिहरु खरखजना र राजकाज मुद्दामा जेल चले ।
पर्चा काण्डपछि किसानमा साम्यवादी गतिविधि बढ्यो । तत्कालिन पञ्चायतका हिमायती सिनाम गाविसका धिर्जमानलाई कुट्ने काम भयो । उनी पाँचथर अस्पतालमा उपचार गर्दा गर्दै मरे । यस घटनावाट कुलप्रसाद उप्रेती, कमल सौदेन, सिंह बहादुर इवारम र राम इवारम पुर्णकालिन भूमिगत भए । सुर्य कुमार साँवा, मिनराज गुरुङ, अर्जुन थेवे र चतुरध्वज इवारम फरार भए । जिल्ला कमिटि सचिव हरि नेपाल लगायतका कम्युनिष्टहरु पार्टी काममा गएका बेला ३६ पुष १३ गते तेह्थुममा प्रहरीवाट हत्या भयो । संगठनमा ठुलो समस्या आयो । हरिको हत्यापछि कुल प्रसाद उप्रेती कार्यवाहक सचिव भए । ३७ बैशाखमा हत्याको बदला हत्या लिने भन्ने प्रचा छरियो । तुरुन्तै प्रशासनले दमन पनि ग¥यो र जेठ २९ गते डिल्ली प्रसाईलाई गिरफ्तार गर्यो । त्यसपछि असिम थेवे, हिमा उप्रेती, हेमन्त उप्रेती, जयनारायण शिवाकोटी, तुलसी सिवाकोटी र नेत्र तिमल्सीनालाई गिरफ्तार गरी ताप्लेजुङ र चन्द्रगढी जेलमा पठाइयो ।
सदरमुकाममा विद्यार्थीहरुको गतिविधि पनि बढेको थियो । अनेरास्ववियूको केन्द्रिय निति अनुसार चैत्र १४ गते सदरमुकाममा विरोध सभा र जुलुस भयो । आमसभा गर्नलाग्दा प्रहरीले हवाई फायर ग¥यो । भानु माविको छात्रवासमा प्रहरी र सेनाले लुगाफाटा, किताब, दाल चामल, भॉडा बाटो र खेल मैदानमा फालिदिए । प्रअ काजी श्रेष्ठलाई पक्रेर छ महिना बढी जेलमा राख्यो । उहाका वहिनी शुशिलालाई कुटपिट गर्यो । २०३७ सालमै पौष २०–२३ मा जिल्लाको दोस्रो सम्मेलन भयो । यसले जिल्ला भर पार्टी कामको सिंहावलोकन ग¥यो । ३९ कार्तिक १६ गते राती हाङदेवाको ओेख्रे भन्ने ठाउँमा स्थानीय युवा क्रान्तीकारीहरुले जनवादी गीति कार्यक्रम गरेकाबेला प्रहरी आक्रमण भयो । हार्मोनियम, मादल, गिटार ध्वस्त पारे । भिम दाहाल, डिल्ली महतारा, पर्शु कार्की, जीवन महतारा, लोकबहादुर नुंगो र सोम मिश्र पक्राउ परेर जेल गए ।
हाङदेवामा साम्यवादी गतिविधि बढेको वेला प्रशासनले नियोजित ढंगले जनता माविमा आगो लगायो र दमन सुरु ग¥यो । त्यस विषयलाई मुद्दा बनाएर दिवाकर वराल (तत्कालिन प्र.अ.) लक्ष्मी मादेन, टंकबहादुर लिम्बु समेत ३ जनालाई जेल चलान गरियो । विष्णु बहादुर खतिवडा, वसन्त दाहाल, लालबहादुर तामाङ, गोविन्द भट्टराई, देवती भट्टराई, अम्बिका भट्टराई (दर्जी) लाई १५ देखी २२ दिन हिरासतमा राखियो ।
अनेरास्ववियुको पर्चा काठमाडौ बाट ताप्लेजुङ्ग ल्याएको आरोपमा बाबुराम थुलुङ (तत्कालिन अनेरास्ववियु जिल्ला कमिटिका अध्यक्ष) ३९ सालमा गिरफ्तार हुनुभयो । कम्युनिष्ट नेता भरत श्रेष्ठ, पेदाङका विद्यार्थी नेता सुरेन्द्र कार्की गिरफ्तारीमा परे । चन्द्र प्रकाश मैनालीको अन्तर्वाता पुस्तक सहित साँघु ताम्राङका हेमसागर घिमिरेपनि समातीए । ४ जनालाई राजकाज मुद्दा चलाएर ३ बर्ष भन्दा बढी इलाम, चन्द्रगढी, विरगञ्ज हुँदै नख्खु जेलमा वन्दी बनाइयो । उनीहरुले चन्द्रगढी जेलमा वन्दी हुँदा ९ दिन भोक हडताल गरेका थिए ।

शिक्षकहरु किन राजनीति गर्थे, उनिहरुको अवस्था कस्तो थियो ?
त्योवेला समाजमा परिवर्तन चाहने शिक्षकहरु थिए । पढेलेखेका सुझवुझ भएका भएकोलेपनि होला दिउसो विद्यालयमा पढाउने र वेलुका समाज परिवर्तनको कुरा गरेको पाइन्छ । त्यही शिलसिलामा सिनामका शिक्षक किशोर थेवेलाई कम्युनिष्ट गतिविधि गरको आरोपमा पेशाबाट अवकाश दिइयो । चाक्सिबोटेका इन्द्र साम्सोहाङलाई केही बर्ष जेल राखीयो । नेराशिस अध्यक्ष काजी साम्सोहाङ ४ महिना जेल वन्दी बन्नुभयो र शिक्षक पेशाबाट अवकाश दिइयो । ४१ सालमा खोक्लिङका चित्रगुप्त साँवालाई विद्यार्थी राजनिति गरेको अभियागमा जेलमा चलाइयो ।

तपाईचाही कहिल कसरी पक्राउ पर्नुभयो ?
एकातिर प्रशासनिक दमन अर्कोतिर कम्युनिष्टको गतिविधि । ४२ सालमा थेचम्बु हेल्थ–पोष्टका इन्चार्जले जनतालाई सहि ढंगले सेवा प्रवाह नगरेको भन्दै कम्युनिष्ट कार्यकर्ताले आवाज उठाए । भागिरथ अधिकारी, पुन्य अधिकारी, भिम बहादुर मेन्याङवो, तिलकुमार मेन्याङवो लगायत पक्राउ परे । छुटेपछि थेचम्बु माविका विद्यार्थी उनिहरुले अनेरास्ववियुको नाममा ५ दिन हड्ताल जुलुस गरे र पञ्चायत विरोधी गतिविधि गरे । विद्यार्थी उक्साएको आरोपमा म लागयतका, तिल बहादुर गुरुङ, गेहनाथ खरेल गिरफ्तारमा पर्यौ । तिलबहादुरलाई केही दिन हिरासतमा राखेपनि म र खरेललाई लाई ६ महिना भन्दा बढी जेल हालियो । खेवाङका हेमराज गौतम पनि कम्युनिष्ट राजनीति गरेको आरोपमा ६ महिना जेल परे ।
सिनाम माविका प्रअ गायत्री नेपालले पञ्चायतको पक्ष लिई स्थानीय कम्युनिष्ट क्रान्तीकारीलाई दुःख दिएको भन्दै कम्युनिष्टहरुले बाटो ढुकेर कुटे । उनलाई स्वास्थ्य चौकी लगेर प्mयाँकिएको थियो । त्यस घटनामा भुपेन्द्र थेवे, डिल्ली प्रसाई, ज्ञान शिवाकोटी, अनन्त साँवा, डिल्ली अधिकारी, अईन्द्र साँवा, नरेन्द्र थेवे, तुलसी सिवाकोटी, तीर्थ अधिकारी लगायत धेरैलाई हिरासतमा राखेर सार्वजनिक मुद्दा चलाइयो । भूपेन्द्र थेवेलाई पक्राउ नगरिएपनि साथीहरु परेकोमा म पनि सहभागी हुन्छु भन्दै हिरासतमा बस्नुभयो ।
४१ सालमा सिकैचा गाविसको प्रकास नेपालको घरमा तेस्रो जिल्ला सम्मेलन भयो । कुलप्रसाद उप्रेती पुनः सचिव भए । सिंहबहादुर इवाराम, गणेश काम्बाङ, चेतनाथ सापकोटा, सुरेन्द्र कार्की, डम्वरु अधिकारी र ओम ओझा सदस्य थिए ।
४२ सालमा हामी धेरै शिक्षकहरुलाई कम्युनिष्ट भएको भन्दै अवकास दिइयो । तत्कालिन जिशिअ सरुवा भई जाँदै गर्दा त्यसैको निहुमा केहि युवाले तेह्थुमको भुजे भन्ने जंगलनेर पिटे भन्ने सुनेको थियो । सिकैचाका लोकबहादुर सौदेनलाई मुद्दा चलाएर कैद गरियो । २०४२ सालमा हाङपाङका चर्तुध्वज लिम्बुलाई संघ संस्था मुद्दा लगाएर २ बर्ष जेल हालियो । खेवाङ्गका चिरन्जीवि अधिकारी, खेवाङ्गका प्रअ सोम भण्डारीलाई क्रान्तिकारीहरुले बाटो ढुकेर कुटपिट गरे र त्यसमा धेरै गिरफ्तारमा परे । ४४ सालमा ताप्लेजुङ्गका साम्यवादीले निकै ठूलो दमनको शिकार हुनु प¥यो । ४४ माघमा काठमाण्डौबाट शिक्षक संगठनको सदस्यता रसिद बोकेर ल्याउदै गरेको म रसिद सहित पक्राउ परे र इनरवामा ३२ दिन हिरासतमा राखीयो । संघसँस्था मुद्धा चलाएर मलाई विराटनगर जेल चलान गरियो । मेरोे यो दोश्रो जेल जिवन थियो । ५ महिना पछि पुनरावेदन अदालत धनकुटाले तारेखमा रिहा गर्यो । पहिलो महिला प्रधान न्यायाधिस शुशिला कार्कि (तत्कालिन बरिष्ठ अधिबत्ता), तत्कालिन वरिष्ठ अधिबत्ता भरतमोहन अधिकारीले सुनसरी जिल्ला अदालतमा निःशुल्क बहस गरिदिनु भयो । कार्किले जिल्ला देखि पुनरावेदन अदालतसम्मको बहस निशुल्क गरिदिनुभयो र पछि छुटें ।

वामपन्थी नेता पञ्चायतमा उम्मेद्धारपनि वन्थे रे नी ?
चुनाव उपयोग गर्ने पार्टीको रणनीति अनुसार २०४४ सालमा अम्बिका साँवालाई उम्मेद्धार बनाइएको थियो । प्रतिस्पर्धात्मक मत प्राप्त गरी उहा पराजित भए । तत्कालीन जिल्ला पञ्चायतको चुनावमा काजी साम्सोहाङले उप–सभापति पदमा विजय हासिल गरे । क्षेत्रीय सदस्यमा अनन्त साँवा, सन्तोष खतिवडा विजयी भए । महिला सभापतिमा हिमकला गुरुङ र युवा सभापतिमा खेम कार्की मात्रैले जिते । सिनाम, तापेथोक, सिकैचा, तिरिङ्गे, खोक्लिङ आदि धेरै गाउँमा पार्टीको उम्मेदवार (जनपक्षीय) ले प्रधानपञ्च जिते ।

त्यसपछि चाही पक्राउ पर्नु भएन ?
परें, यही वर्ष थेचम्बुको एउटा विवाह घरमा जनवादी गिति कार्यक्रम भयो । स्थानीय पञ्चायत पक्षधरहरुको इशारामा म लगायत नन्दलाल खरेल, धनकुमार खरेल, घनश्याम खरेल लगायत पक्राउ पर्यौैं । तिल कुमार मेन्याङवो, विरुहाङ इजम, गंगा खरेल, चन्द्र अधिकारी, लय खरेल, भरत गुरुङ,सन्तोष खतिवडा, धनकुमार खरेल, खेम कार्की, रामकृष्ण अधिकारी, सोम पाठक १६ महिना भन्दा बढी राजकाज मुद्दामा जेल पर्यौ । हामी कतिपयलाई इलाम र चन्द्रगढीको जेलमा राखियो । लक्ष्मण थेवे, खेमराज खरेल, संगिता अधिकारी, घनश्याम खरेल, पुष्प प्रसाई, प्रेम प्रसाई, माया नेपाली, काजी साम्सोहाङ, भूपाल सेन्दाङ, छविलाल अधिकारी लगायतलाई राजकाज मुद्दा चलाएर तारेखमा छोडिएको थियो । गेहनाथ खरेल फरार भए । ११ देखी ६० बर्ष सम्मकालाई मुद्धा चलाइएको थियो ।

अन्तिम पटकको जेल चाहीं ?
तात्कालिन नेरासिं ताप्लेुङका पदाधिकारीहरु डिल्लीमरण घिमिरे (अध्यक्ष) अमर गुरुङ (कोषाध्यक्ष), कुलमणि दाहाल, भिम पौडेल, शिव खरेल, घनश्याम पौडेल समेतलाई गिरफ्तार गरी संघ–संस्था ऐनअन्तर्गत मुद्दा चलाईयो । भरत गुरुङ (सचिव), म (उप–सचिव), ओम ओझा, कुलराज निरौला भने पक्राउपछि तारेखमा छुट्यौं ।
तापेथोक गाविसमा कम्युनिष्ट गतिविधि बढेको निहुँमा ४५ सालमा दमन भयो । सिडिओ भोजराज घिमिरेको नेतृत्वमा गई घर खानतलासी गरी डालो, नाङ्लो, भाँडाकुँडालाई लाताले हान्ने, खसी कुखुरा खाइदिने काम भयो । रनध्वज लिम्बु, भिम बहादुर लिम्बु (तात्कालिन प्रधानपञ्च) नराहाङ फेम्बुलाई गिरफ्तार गरी राजकाज मुद्दा चलाइयो । तापेथोकका धेरै कम्युनिष्ट क्रान्तीकारीहरुले जंगलको रुखमुनि र ओढारमा भोकभोकै आश्रय लिनु परेको थियो ।

यो अन्तिम थियो ?
अन्तिम चाहीं २०४६ को जन आन्दोलनमा जिल्लाभरीनै कम्युनिष्टको लाल झण्डा फहराइयो । केही ठाउँमा नेपाली कांग्रेस र कम्युनिष्ट दुवैको क्रस भण्डा फहराइयो । दमन तिब्र बन्यो । म पुलिसको कब्जामा परेरपनि भाग्न सफल भए । कांग्रेसका मणि लामा लगायतलाई गिरफ्तार गरियो । जनआन्दोलन सफलतापछि वाहिर निस्किए । पञ्चायतको अवसानसँगै हाम्रा मुद्धामामिलाहरु पनि सकिए । जागीर पुन सुरु भयो र काममा फर्किए । जागीर खाउञ्जेल राजनीति गरिन । रिटार्यर भएपछि सकृय भएको छु ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..