१४ मंसिर २०७९, बुधबार

बेसीशहरमा सधै जित्ने अर्याल, जता गयो उतै माहोल

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार १८:५८



निर्वाचनमा सधै जित्ने र जित्दै आउनु भएका गुमानसिंह अर्यालले मतदाताको घरदैलोमा पुग्दा आफूमा थप उर्जा र उत्साह थपिएको बताउनुभएको छ । गुमानसिंहले निर्वाचन लडेपछि कहिले पनि हार्नु प्रदैना भन्ने मान्यताई पुष्टि गर्न पुन एकपटक नेकपा एमालेले बे्सीशहरको नगरप्रमुखमा अर्याललाई अघि सारेपछि आम मतदातामा देखिएको खुसीयालीले आफूमा थप उर्जा र उत्साह थपिएको अर्यालले बताउनु भएको हो ।
संघीयता पछि पहिलो कार्यकालमा बेसीशहरलाई नमूना नगरपालिका बनाउन सफल अर्याल आम मतदातको घरदैलोमा पुग्दा उत्साहीत बन्नु भएको छ । नेकपा एमाले पक्तिले मात्र होईन काँग्रेस र अन्य दलसंग आवद्ध भएकाहरुले पनि अर्यालले खुलेर प्रशंसा गर्ने गरेका छन् । निष्ठा, इमान र सुशासनका प्रतिक अर्यालप्रति आम बेसीशहरबासीले अभिभावकको रुपमा लिने गरेका छन् । अर्यालले भन्नुभयो‘ बेसीशहरबासीले आफूलाई सबैको साझा उम्मेदेवारको रुपमा लिएका छन् । विपक्षी उम्मेदवारसंग प्रतिस्पर्धा ने हुँदैन । जितेपछि पनि सबैको भावनालाई सम्मान गर्दै काम गर्छु ।’
यसअघि नगरप्रमुखको भूमिका सफलता पूर्वक निभाउनु भई कसैलाई पक्षपात नगर्ने र दैनिक १८ घण्टा भन्दा बढी समय आम नागरिकका लागि खट्ने अर्याललाई सहजै जित्नकै लागि एमालेले पुन ः अघि बढाएको हो । बेसीशहरमा गुमानसिंह उठेपछि सधै जित्छ भन्ने बलियो आधार रहेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा ७ हजार ६ सय २४ मत ल्याएर अर्यालले तत्कालिन कांग्रेस सभापति समेत रहेका भेषबहादुर पौडेललाई २९७ मत अन्तरले पराजित गर्नुभएको थियो । नगरप्रमुख भएसंगै ५ बर्षको अवधीमा नगरको समृद्धि र विकासमा फड्को मार्न सफल अर्याल विवादरहित रुपमा ५ बर्ष नगरप्रमुखका रुपमा बेसीशहरको नेतृत्व गर्न सफल हुनुभयो । ५ बर्ष नगरको नेतृत्व गर्दा उहाँको बारेमा कसैले पनि नकारात्मक टिका टिप्पणी गर्न सकेन भने ४८ बटा सडक कालोपत्रे र ढलान, किसानलाई ५ सय भन्दाबढी हातेट्याक्टर बितरण, नगरपालिकाको लागि भवनको ब्यबस्था, कर्मचारीको उचित ब्यबस्थान, ७३ वटा कानून निर्माण, ७९ वटा सामुदायिक भवन, ५ वटा वडा कार्यालय भवन निर्माण, कृषि, पशुपालन र स्थास्थ्य क्षेत्रमा उहाँको नेतृत्वमा नगरपालिका हुँदा भएका कामप्रति आम नागरिक प्रभावित बनेका छन् ।
नगरपालिकामा ५ बर्षको अवधिमा ८१ वटा बैठक र १० वटा नगरसभा सम्पन्न भएका छन् । सबै बैठक र नगरसभा विना विवाद सम्पन्न भएका छन् भने बैठक तथा नगरसभाले गरेका निर्णय सतप्रतिशत कार्यान्वयन भएका छन् । यी र यस्तै कामले लोकप्रिय अर्यालले मतदाताको घरदैलोमा पुग्दा आफू यसपटक विगतको भन्दापनि बढी उत्साहित भएको बताउनुभयो । ११ वटा वडा रह्ेको बेसीशहर नगरपालिकामा अधिकांस वडामा आफू पुगिसकेको र अब केही वडामा मात्र जान बाँकी रहको अर्यालले नेकपा एमालेका मजवुत संगठन, मतदाताको आफूप्रतिको विश्वास र मायाले अघिल्लो निर्वाचनको दोब्बर मतान्तरले जित्ने दाबी गर्नुभयो ।
२०४३ सालमा ७ जना पंचायतका हस्तिलाई हराउँदै २७ बर्षकै उमेरमा जनपक्षिय प्रधानपंच बन्नुभएका अर्यालले बेसीशहका २०५४ मा बेसीशहरमा काँग्रेसबाट हेभी उम्मेदवारका रुपमा चर्चित तिलकबहादुर पौडेललाई ठूलो मतान्तरले हराउन सफल हुनुभएको थियो । यस्तै घटनाक्रमले पनि अर्याल उठेपछि अरुले जित्न सक्दैन भन्ने आम नगरबासीको बुझाई रहेको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य अर्यालले समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नाकोत्तर गर्नुभएका अर्याल बरिष्ठ अधिबक्ता समेत हुनुहुन्छ भने मस्र्याङ्दी क्याम्पसमा १६ बर्ष पढाउदा विद्यार्थीका बीच थप लोकप्रियता हासिल गर्नुभएको थियो । निष्ठा र इमानका पर्यावाची अर्याले विगतका अधुराकामलाई पूर्णता दिन र समृद्ध बेसीशहर निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै आउनु भएका अर्यालले जतिसुकै गठबन्धन भएपनि आफूलाई आम नगरबासीको साथ र सहयोगले सहजै जित्ने बताउनुभयो । नगरप्रमुखका उम्मेदवार अर्यालले भन्नुभयो‘ ५ बर्ष विना भेदभाव काम गरे, आम बेसीशहरबासीले बुझेका छन । जुन गाउँमा गएपनि आफूलाई सबै दलको साझा उम्मेदवारको रुपमा नगरबासीले लिएका छन् ।’
यसपटक प्रमुख अर्यालसंगै उपप्रमुखमा पद्मा अर्यालले उम्मेदवारीले पनि बेसीशहरमा थप चर्चा पाएको छ । राजनीति र समाजसेवाका लागि आफ्नो १७ बर्षभन्दा लामो स्थायी शिक्षण पेशलाई पूर्ण विराम लगाएर मैदानमा उत्रनु भएका गुरुङ गुरुङ समुदायमा मात्र होइन, महिला र आम नगरबासीमा गर्विलो उचाई बनाउन सफल हुनुभएको छ । ग्रामिण सामुदायिक विकास केन्द्र(आरसिडीसी ) को अध्यक्ष जस्तो महत्वपूर्ण संस्थाको नेतृत्व गर्न सफल गुरुङ निडर, इमान र सबैकाबीच लाकप्रिय रहनु भएको छ ।
८ वटा पालिका रहेको लमजुङमा अधिकांस पालिका एमालेले जित्ने दाबी गरेको छ । लमजुङमा गठबन्धन पूर्ण रपमा सफल हुन सकेको छैन । माआवादी र समाजवादी उम्मेदवार रहको स्थानमा काँग्रेसले स्वतन्त्रको नाममा बागि उम्मे्दवार उठाएको छ भने जनता समाजवादीले पनि छुट्टै उम्मेदवार उठाएपछि गठबन्धनको औचित्य सकिएको हो । २०७४ को निर्वाचनमा एमालेले ८ वटा पालिकामा ६ वटामा बिजयी हासिल गर्न सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..