२३ मंसिर २०७९, शुक्रबार

स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम चुनावी सभा गर्दै एमाले, पार्टी अध्यक्ष ओलीले सम्वोधन गर्नुहुने

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार ०७:२५



काठमाडौँ । नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्ने भएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिनुभयो ।

‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ शाक्यले भन्नुभयो, ‘देशभरी नै सन्देश दिने उदेश्यले काठमाडौँमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ ।’

आजको सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिनुभयो ।

‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौँ,’ काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भन्नुभयो, ‘उहाँहरु तीन स्थानबाट जुलुस र झाँकीसहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्वोधन गर्नुहुने छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..