५ जेष्ठ २०७९, बिहीबार

‘जनताको काम गर्छु’ भनेर गाउँ पसेको जेपी

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार ०९:१८



धेरै सुविधा र कडा परिश्रमविना जीविका चल्ने भएपछि गाउँबाट शहर बजारतर्फ बसाइँ सर्ने क्रम संसारभरी नै छ । प्राप्त सुविधा उपभोग गरेर सहज जीवन जीउने मानव आकाङ्क्षाअघि यो सामान्य विषय पनि हो । तर नेपालमा बदलिँदो परिस्थितिसँगै शहरबाट गाउँमा पुगेर भविश्य खोज्नेहरुको सङ्ख्या नगन्यबाट गणनायोग्यतर्फ उक्लँदो छ । यहि सङ्ख्याको एउटा अङ्क हो जयप्रकाश (जेपी) केरुङ ।
काठमाडौंमा शिक्षण र वकालतको पेशा अङ्गाल्न सफल भएका जेपीको मन्त्रालय विभाग र महाशाखाहरु, दूतावास र दातृ निकायसम्म परिचय र पहुँच नभएको होइन् । राजनीतिक जिम्मेवारी होस् वा सामाजिक, काठमाडौं वसेर जेपीले अगुवाई नगरेको पनि होइन् । काठमाडौंमा ‘परिचय र उचाई’बनाएका जेपी अहिले काठमाडौंमा भेटिनुहुन्न । चुनाव नजिकिँदा मात्रै होइन झण्डै दुई वर्षदेखि फालेलुङका गाउँ वस्तीमा ‘सेवारो, नमस्कार’ भन्दै जेपी हिडिरहनु भएको छ ।
भीरपाखा र घाम पानीमा जुध्ने शाहस चाहिँ ‘अब गाउँमा गएर जनताको सेवा गर्छु’ भन्ने दृढ निश्कर्षले दिएको हो । “असल ब्यक्तिहरु राजनीतिमा नआउने हो भने खराब ब्यक्तिबाट शासित हुनुपर्छ । मैले मेरो क्षमता, दक्षता, अनुभव र ज्ञानले गाउँको मुहार बदल्न सक्छु भन्ने लागेपछि गाउँ आएको हुँ”, उहाँको भनाई छ, “मातृभूमिको हितका लागि सबै ब्यक्तिगत स्वार्थ र सुविधा त्यागेर समाज सेवामा होमिएको छु ।”
विद्यार्थी राजनीतिमा खारिएको, प्राध्यापनदेखि वकालतसम्मको अनुभवले केरुङको ब्यक्तित्व आकर्षक र लोभलाग्दो थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा तीब्र मतभेद र अन्तरसंघर्ष चलिरहँदा केरुङ जनताको काम गर्छु भनेर गाउँ आउन थालिसक्नु भएको थियो ।
नेकपाभित्र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले फालेलुङ गाउँपालिकामा प्रभाव कायम खोजिरहेका थिए । यहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग प्रतिरक्षा गर्ने र नयाँ शिराबाट आन्दोलन उठाउने नेतृत्वको खाँचो थियो । वैचारिक वहसको क्षमता, स्पष्ट दृष्टिकोण, ज्ञान र अनुभवले खारिएका केरुङ अन्ततः फालेलुङमा नेकपाको ओली पक्ष हुँदै नेकपा (एमाले)को नयाँ नेतृत्वका रुपमा उदाउनु भएको छ ।
वि.सं. २०३५ सालमा याङनाममा जन्मनुभएका केरुङले अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर र कानून सङ्कायमा स्नातक तह उत्तिर्ण गरी प्राध्यापन र वकालत समेत गरिसक्नु भएको छ । २०५४ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यबाट राजनीति थाल्नुभएका केरुङले पाँचथर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष, प्रगतिशील युवा संघ नेपालको अध्यक्ष, नेकपा (माले)को केन्द्रीय सदस्य एवं विदेश विभाग सचिव जस्ता जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्य सचिव, भूमि आयोगको विज्ञ सदस्यजस्ता जिम्मेवारी पूरा गरी केरुङले राज्य संयन्त्रदेखि नीति निर्माण तहसम्मको अनुभव लिनुभएको छ । लिम्बू विद्यार्थी मञ्चको महासचिव, केरुङ चोत्लुङ सङ्जुम्भोको संस्थापक सचिवजस्ता जिम्मेवारी रहि उहाँले आफ्नो समुदाय, कला, भाषा, साहित्य, संस्कृतिको रक्षा र जगेर्नामा योगदान दिइसक्नु भएको छ ।
पार्टीको सिपाही बनेर मैदानमा आएपछि सबै चुनौति मोल्नुको विकल्प हुँदैन् भन्ने गाउँ छिर्नुअघिको केरुङको निश्कर्ष दुई वर्ष नवित्दै ब्यवहारमा लागू गर्नु प¥यो । फलतः आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले केरुङलाई फालेलुङ गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएर चुनावी मैदानमा पठाएको छ ।
“अरु साथीहरु गठबन्धनको भागबन्डाअनुसार चुनाव जित्न र एमाले हराउन चुनावी मैदानमा हुनुहुन्छ”, केरुङको स्पष्ट तर्क छ, “म हार र जितको खेलभन्दा फालेलुङको विकास र समृद्धि, सुशासन र स्थानीय सरकारको अनुभूति दिलाउन चुनावी प्रतिस्पर्धामा छु ।” फालेलुङमा रहेको कृषि, पशुपालन, पर्यटन आदिको अथाह सम्भावनालाई सहि सदुपयोग गर्दै वातावरणीय, पर्यावरणीय संरक्षणलाई ध्यान दिँदै गुणस्तरीय विकास, चुस्त र प्रभावकारी सेवा प्रवाहको ब्यवस्थाका लागि आफू उम्मेदवार भएको केरुङको भनाई छ ।
एमालेले फालेलुङ गाउँपालिकाको उपाध्यक्षमा फालेलुङ–६ का निवर्तमान वडाध्यक्ष सुजाता बान्तवालाई उम्मेद्वार बनाएको छ । “म भन्दा अनुभवी र परिपक्व ब्यक्तित्व उपाध्यक्षको उम्मेद्वार रहनुभएकाले चुनावी मैदानमा धेरै सफलता हात पार्दै हिँडेका छौँ”, केरुङले भन्नुभयो, “फालेलुङवासीले हामीलाई विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु । परिणाम जस्तो आएपनि म त फालेलुङवासीकै सेवामा सधैँ रहिरहने छु ।”
– प्रस्तुति :रवीन्द्र काफ्ले।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..