४ जेष्ठ २०७९, बुधबार

कृषि र पर्यटनको विकास गरी समृद्ध पालिका बनाउँछु :लामा

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार १९:३१



ललितपुर : सम्भावनाको भण्डार हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्य र विकासका हिसाबले पछि परेको कोञ्जेसोम गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान लामाले कृषि र पर्यटनमार्फत समृद्धि हासिल गर्ने लक्ष्य लिनुभएको छ ।
उपत्यकाका २१ पालिकामा तीन मात्रै गाउँपालिका रहेकामा त्योमध्ये एक रहेको छ कोञ्जेसोम गाउँपालिका । जनजातीको बाहुल्यता रहेका गाउँपालिकामा रहेका बिबिधितालाई यहाँको समृद्धिको आधार बनाउने योजना लामाको छ । यहाँ भएका स्रोतको उपयोगसँगै प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा यहाँको विकास अघि बढाउने खाका उहाँले कोर्नुभएको छ । पालिकाका पाँच वटै वडामा नागरिकका घरमा पुगेर उहाँले पार्टीको लिखित दस्तावेज र आफ्ना मौखिक प्रतिबद्धतामार्फत भोट मागिरहनुभएको छ । बिगतदेखि नै नागरिकका सुखदुःखमा जोडिनुभएका लामाबाट गाउँपालिकाबासीले अपेक्षा गरेको पाइन्छ ।
काठमाडौँबाट भूगोलका हिसाबले नजिकै भएपनि अझैसम्म पालिकाले त्यसबाट फाइदा लिन सकिरहेको छैन । आफू गाउँपालिकामा अध्यक्ष निर्वाचित भएपछि यहाँ रहेको कृषि र पर्यटन मार्फत त्यो सम्भावनालाई अवसरमा बदल्ने लामाको योजना छ । सानो पालिका भएपनि कोञ्जेसोम सांस्कृतिक, जातीय र धार्मिक बिबिधताले सुसुजित रहेको छ । यहाँबाट काठमार्डौँ उपत्यका र तराईका कतिपय ठाउँ नियाल्न सकिने हुँदा यहाँ पर्यटनको प्रशस्त सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको धुलो र धुवाबाट टाढा गएर एक दिन टाढा गएर बास बसौँ भन्नका लागि उपत्यकाबाट पर्यटक कोञ्जेसोम ल्याउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आन्तरिक र बाह्य दुबै पर्यटनको सम्भावना छ, हामीले पर्यटक यहाँसम्म आउने र बास बस्ने व्यवस्था मिलाउनुपर्छ ।”
कृषि र पशुपालनको सम्भावना समेत यो पालिकामा उतिकै छ । कृषि र पशुपालन निर्वाहमुखीभन्दा पनि व्यवसायिककरण गर्न सकिने अध्यक्षका उम्मेदवार लामाको भनाइ छ । पालिकामा तरकारी खेतीको राम्रो सम्भावना भएकाले पाँचै वडामा तरकारीको पकेट क्षेत्र बनाएर किसानलाई सहजीकरण गर्ने उहाँको योजना छ । यहाँका उत्पादन छोटो समयमा र ताजा नै काठमाडौँसम्म पु¥याउन सकिन्छ । अझैसम्म सिँचाईको व्यवस्था नहुँदा बेमौसमी तरकारी खेती हुन नसकेको उहाँले बताउनुभयो । यहाँका किसानलाई खासगरी मल, बीउ बीजनमा सहयोग गर्ने र तरकारी सङ्कन केन्द्रमार्फत व्यवस्थापन गर्दा तरकारी खेतीबाट धेरैको जीवनस्तर उकासिने हुँदा यसलाई अघि बढाउने उहाँको योजना छ । उहाँले भन्नुभयो, “सहकारी मार्फत बजारीकरण गर्ने हो भने यहाँका किसान कृषि उपजमार्फत पालिका सम्पन्न बन्नसक्छ ।”
पालिकालाई पशुपालनको विशेष क्षेत्र घोषणा गरेर अघि बढ्दा यहाँको जीवनस्तरमा सुधार हुने र काठमाडौँ उपत्यकामा रहेको दुधको अभाब हट्ने लामाको भनाइ छ । सङ्खुमा अहिले दैनिक १० हजार लिटर दूध उत्पादन भइरहेको र त्यही कुरा अरु वडामा पनि पु¥याउन लाग्ने उहाँको योजना छ ।
जनजातीको बाहुल्यता रहेको कोञ्जेसोममा चेतनाको अभाबका कारण सामाजिक समस्याहरु रहेको र त्यो हटाउन आफूसँग योजना रहेको अध्यक्षका उम्मेदवार लामाले सुनाउनुभयो । तामाङ, मगर, पहरीलगायतका जाती शिक्षा र चेतनाका हिसाबले पछाडि परेकाले चेतना बढाएर समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो । महिला, बालबालिका, यूवा सबैको समस्या एकीकृत रुपमा समाधान गर्नका लागि सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवस्थित रुपमा अघि बढाउँदा काठमाडौँसँग जोडिएको नमूना गाउँपालिका बनाउन सकिन्छ ।”
पालिकाका पाँच वडाका केन्द्रसम्म कच्ची सडक पुगेपनि त्यहाँ सुधारको काम बाँकी रहेकाले आफू निर्वाचित भएपछि त्यसलाई प्राथमिकता दिने लामाको योजना छ । कच्ची सडकको एलाइन्मेन्ट मिलाउने र सुधार गरेर पक्की बनाइने उहाँले बताउनुभयो । यो गाउँपालिका भएर अरु पालिका र जिल्ला जाने तीन सडक छन् । प्रदेश र सङ्घीय सरकार मातहतका सडकमा पनि समन्वय बढाएर चाँडो सम्पन्न गराउने उहाँको योजना छ । बिर्खेधारा–दलचोकी–सङ्खु–इकुडोल सडक, मध्यमार्गी सडक (लेले–गोटिखेल), र लेले–चन्दनपुर सडक पालिकासँग जोडिएका मुख्य सडक हुन । यी तीनै सडकको सुधार गर्न सके मात्रै नागरिकको जीवन सजिलो बन्ने हुँदा त्यसका लागि लाग्न उहाँ पालिकाबासीलाई प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ ।
स्थानीय स्तरमा नल्लु करिडोर, सिँगाने भञ्ज्याङदेखि तीनपानेसम्मको पर्यटकीय मार्ग र ठोट्ने खोला करिडोर र टुङ्गुन खोला करिडोरलाई व्यवस्थित गर्न सक्ने हो भन यहाँका नागरिकलाई आवागमन सजिलो हुने र उत्पादन बजारसम्म पु¥याउन सकिने लामाले बताउनुभयो । वडामा र बस्तीमा जाने सडक वडामार्फत कम्तीमा कृषि सडकका रुपमा विकास गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “साना सडक हामी आफैँ सक्छौँ भने ठूला सडकमा प्रदेश र सङ्घसम्म समन्वयमा निर्माण अघि बढाइनेछ ।”
शिक्षाका दृष्टिले पछि परेको पालिकामा बिभिन्न जातजातीका बालबालिका विद्यालय आउने र निरन्तरता दिने गरी बिभिन्न कार्यक्रम लागु गर्ने उहाँको योजना छ । पालिकामा सबै वडामा नमूना विद्यालय बनाएर गुणस्तरीय शिक्षाको व्यवस्था मिलाउने उहाँको सुनाउनुभयो । स्वास्थ्यतर्फ, हाल सङ्खुमा १० शैयाको अस्पताल निर्माण भइरहेकामा सामान्य किसिमका स्वास्थ्य चौकीलाई पनि पूर्वाधार सुधार गर्ने र चिकित्सक सेवा दिएर नागरिकलाई सुविधा दिइने उहाँको योजना छ । उहाँले भन्नुभयो, “म र मेरो टिम जितेर आएपछि शिक्षा र स्वास्थ्य अब्बल पालिका बनाउनेछौँ ।”
आधा आकाश ढाकेका महिलाहरु घर भित्रै दासका रुपमा रहेको र उनीहरुले घरमा गर्ने श्रमको सम्मान नभएकाले लैङ्गिक समानता र सशक्तिकरणमा ध्यान दिने लामाको योजना छ । । आफ्नै घरमा बसेर यहाँका ९० प्रतिशत महिला श्रम गर्ने तर उनीहरु नै हिंसा र अन्यायमा परेको पाइन्छ । सबै किसिमका हिंसाको अन्त्य गर्न पालिका आफैँले अभियान सशक्त रुपमा अघि बढाउनुपर्ने र आफू त्यसमा तत्पर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले विशेष कार्यक्रम सञ्चालन गरेर महिलालाई आर्थिक रुपमा श्रीमानमा भर नपर्ने गरी सक्षम बनाउनुपर्छ ।”
सामाजिक रुपमा बहिष्कृत वर्ग र समुदायको अभिभावकको भूमिका पालिकाले निभाउने उहाँले बताउनुभयो । आर्थिक अभावका कारणले विद्यालय जान नपाएका बालबालिकाका लागि विशेष शिक्षाको व्यवस्था गर्ने उहाँको योजना छ । ती बालबालिकालाई पालिकाले १२ कक्षासम्म निशुल्क र छात्रबासमा राखेर पढ्ने व्यवस्था मिलाउनेछ । ज्येष्ठ नागरिकका लागि अहिले राज्यले दिइरहेको सामाजिक सुरक्षामा आबश्यकताअनुसार थप गरिने उहाँको योजना छ । सङ्घीय सरकारले उपलब्ध गराएको सुविधा अहिले यहाँका नागरिकले सजिलो रुपमा पाइरहनुभएको छैन । बैङ्क टाढा ह्ुँदा गाडि रिजर्भ गरेर भारदेउ जानुपर्ने अवस्था छ । उहाँले भन्नुभयो, “हामी जितेर आएमा वित्तिय संस्थासँगको समन्वयमा त्यो रकम घर परिवारसम्म पु¥याउने व्यवस्था गर्नेछौँ ।”
नेकपा एमालेको एजेण्डा र पार्टीप्रति गाउँपालिकाबासीको विश्वासकै कारण आफू निर्वाचनमा जित्ने अध्यक्षका उम्मेदवार लामाको विश्वास छ । देशभर एमालेमा लहर छाइरहँदा कोञ्जेसोममा पनि त्यही उत्साह देखिएको छ । गत निर्वाचनमा एमालेलाई मत नदिएका नागरिक पनि अहिले एमालेलाई विश्वास गरेर मतदान गर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।
कोञ्जेसोमबासी भन्छन् : अब नेतृत्व फेर्नैपर्छ
पालिकामा विगत पाँच वर्षमा नेकपा माओबादी केन्द्र नेतृत्वले नागरिकमैत्री काम गर्न सकेको थिएन । त्यसैले पनि अहिले यहाँका नागरिक नेतृत्व र कार्यशैली दुबैमा परिर्वन चाहेको पाइन्छ । अहिले निर्वाचनमा होमिएको सत्ता गठबन्धन एकल एजेण्डा एमाले हराउनु मात्रै भएको र उहाँहरुसँग कार्यक्रम र नीति केही नभएको लामो बुझाइ छ । यहाँका आमजनता उनीहरुसँग असन्तुष्ट छन् र एमाले नेतृत्वले मात्रै समृद्धिको यात्रा अघि बढाउने विश्वास छ ।
यस अघि माओबादि नेतृत्वबाट अपमान, असमान व्यवहारले दिक्क भएका नागरिकले आफूलाई बिजयी भएको हेर्न चाहेको उहाँले बताउनुभयो । विगतमा न्युनतम सेवा सुविधा वितरणमा पनि पालिकाका पदाधिकारी पूर्वाग्रही भएकाले अहिले नागरिकले विकल्प खोजिरहेको पाइन्छ ।सञ्जिता नेपाल /ललितपुर
–––



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..