१५ मंसिर २०७९, बिहीबार

युवा नेता उम्मेदवार : स्थानीय उत्साही

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार १९:४५


पाल्पा । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले पाल्पाले तिनाउँ गाउँपालिकाको अध्यक्ष पदमा युवा नेता प्रेम श्रेष्ठलाई उठाएको छ । २०३७ साल चैत्र ९ गते बाबा तुलसी प्रसाद र आमा रामकुमारीको कोख बाट जन्मिएका युवा नेता श्रेष्ठ स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि स्थानीयहरु उत्साही भएका छन् ।
२०६७ सालमा नेकपा एमालेको संगठित सदस्य बनेका युवा नेता श्रेष्ठ सानैदेखि नै राजनीति तथा सामाजिक काममा सक्रिय रहदै आउनु भएको थियो ।
श्रेष्ठ युवा संघ नेपालका केन्द्रिय सदस्य लगायतका बिभिन्न भुमिकामा रहेर योगदान पुर्याउनु भएको थियो ।
उहाँ पाल्पा उद्योग वाणिज्य संघको दुई कार्यकालसम्म कार्यसमिती सदस्य, पश्चिमाञ्चल यातायात व्यबसायी महासंघको केन्द्रिय उपाध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको केन्द्रिय सदस्य,कल्याणी आधारभुत विद्यालयको व्यबस्थापन समितिको अध्यक्ष भई सामाजिक कामहरु गर्नु भएको थियो ।
५ बर्षे योजना
नेकपा एमालेले तिनाउँ सरकारले शुरु गरेको सबै खालका अपुरा योजनाहरुलाई पुर्णता दिने, एक घर एक धारा अभियानलाई पुरा गर्ने, पालिकाको ६ वटै वडामा रहेका पर्यटकीय स्थलहरु व्यस्थित गर्ने, पर्यटकीय क्षेत्रमा सबै किसिमका पुर्वाधारहरु निर्माण गर्ने, पालिका भित्र रहेका मुख्य सडकहरुलाई ग्रावेल गरी १२ महिना यातायात सेवा संचालन गर्ने लगायतका योजनाहरु सार्वजनिक गरेको छ ।
त्यस्तै वडादेखि पालिका जोड्ने मुख्य सडकलाई स्तरउन्नती गर्ने, विद्यालयमा वालवालिकाको लागि दिवा खाजाको व्यबस्था गर्ने, टाढा टाढाबाट आउने वालवालिकाको लागि विद्यालयमै निःशुल्क रुपमा आवासीय सेवा संचालन गर्ने लगायतका प्रतिबद्धता पनि एमालेले ब्यक्त गरेको छ ।

तिनाउँ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा सावित्रा राना,  वडा नंं १ मा भुवनसिं चिदी, वडा नंं २ मा  यादव प्रसाद अर्याल, वडा नंं ३ मा  कृष्ण पाण्डे, वडा नंं ४ मा  तुल बहादुर आले, वडा नंं ५ मा इन्द्रा कुमारी चिदी, वडा नंं ६ मा  टेम बहादुर बगाले  वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । 



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..