५ जेष्ठ २०७९, बिहीबार

मिक्खोलालाई पर्यटकिय क्षेत्र बनाउछु : लिम्बु

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार २२:५०


ताप्लेजुङ । स्थानीय तहको निर्वाचनको लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले दिवस लिम्बूले घर दैलो अभियान सक्नु भएको छ ।

उहाँले भन्नुभयो ‘गाउँपालिकाको विकासको लागि पार्टीले सक्षम देखेरै होला यो जिम्मेवारी सुम्पेको छ, म त्यसलाई निर्वाह गर्नेछु ।
राजनीति यात्रा
२०७८ सालमा नेकपा विभाजन पछि नेकपा एमाले को पहिलो मिक्वाखोला गाउपालिकाको अबिधेशनबाट पालिका कमिटीका अध्यक्ष सवंसम्मत निर्वाचित भएका थिए ।

भावी योजना
उहाले भौगोलिका विकट भएको गाउँपालिकालाईसेवा सुविधा गाउँपालिका पुयाएर पालिकाको लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाउनु भएको छ । उहा युवा जोस जागर भएको जनताको सेवा गर्न आतुर हुनु हुन्छ । योजना अनुसार कार्यन्वयन गरेर जनताको मन जित्ने अठोट छ । योजना बनाएर मात्र नहुने काम पनि गर्नुपर्छ । त्यसैले उहाँ काममा विश्वास गर्ने र गरेर देखाउने तथा जिम्मेवारी पुरा गर्ने प्रण गर्नु हुन्छ ।
जनप्रतिनिधि हुनका लागि निरन्तर जनताको हरेक काम तथा दुख आपद विपदमा साथ दिदै आफ्नो छोडेर लाग्नु भएको छ ।
प्रतिवद्धता
सामाजिक जागरण र विकासमा थप सहयोग पुयाउने छ । भ्रष्टचार नगर्ने र गर्न नदिने , गर्नेलाई कार्वाही गर्ने जस्ता कामलाई पहिलो प्राथमिकता राख्ने
समृद नेपाल र सुखी नेपालीको सपना साहाकार पार्ने जस्ता योजना रहेको छ ।

शिक्षा ÷ सञ्चार
ताप्लेजुङ आफैमा एक विकट जिल्ला हो । त्यस माथि गाउँ गाउँमा इन्टरनेट, टेलिफोेन जस्ता सञ्चार माध्यमकोे चरम अभाव हुने गर्छ । यसलाई मध्यनजर गर्दै सबै सरकारी कार्यालय , संघ सस्था तथा विद्यालय इन्टरनेटको सुविधा प्रदान गरिने उहाँ बताउँँनुुहुन्छ ।
गाउँपालिका भरीका विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदा गर्न र गाउँपालिकाको शैक्षिक गुणस्तर वुद्धि गर्न अतिरिक्त कक्षा संचालका लागि अनुदान रकम उपलब्ध गर्ने उहाले बताउनु भयो । गुणस्तर सुधारको लागि कम्युटर ल्याबको स्थापना गर्ने समेत लिम्बुले बताउनुभयो ।

विद्युत ÷ खानेपानी
गाउँपालिकोे सबै वडाहरुमा निशुल्क विद्युत सेवा उपलब्ध गर्ने, कतिपय घरहरुमा विद्युत शेवा उपलब्ध हुन नसकेकोे र ति घरहरुमा विद्युत उपलब्ध गराउने उनको योजना रहेको छ । सथै गाउँपालिकाको प्रत्येक घरमा निशुल्क विद्युतिय चुला वितरण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । यस्तै खानेपानीको मुहान संरक्षण तथा ब्यवस्थापन समेत विशेष जोड दिने बताउनुभयो ।

पर्यटन क्षेत्र
आन्तरिक आयलाई वुद्धि गर्ने उद्देश्यले गाउँपालिकामा रहेका फुङफङगे झरना सोदुपोखरी लगायतका विभिन्न पर्यटकिय स्थानहरुको पहिचान गरी पर्यटकीय क्षेत्रकोे रुपमा विकास तथा विस्तार गर्ने साथै धार्मिक तथा सांस्कृतिक पुरातात्विक वस्तुहरुको पहिचान गरी संरक्षण गर्ने लिम्बुले बताउनुभयो ।

कृषि क्षेत्र
नेपाल कृषि प्रधान देशले परिचित हो । विषेश गरी गाउँपालिकामा अभिकाश मानिस कृषिमा आधारित छन् । यस गाउँपालिकाको कृषि क्षेत्रलाई आधुनिकिकरण गरी व्यबसायीक बनाउने उहाँको योजना रहेको छ । साथै युवाहरुलाई व्यवसायीकरण गर्न विभिन्न कार्यहरुकोे सञ्चाल गरीने योजना रहेको र ‘हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्रमा अलैची खेती तथा जडिबुटी खेती प्रोत्साहन गर्ने र आधुनिक खेती प्रणालीलाई प्राथमिकता दिन योजना रहेको बताउनुहुन्छ ।

खेलकुद क्षेत्र
गाउँपालिका भित्र सुविधा सम्पन्न रङ्गशाला निर्माणकोे सुरुवामा पहल गर्ने लिम्बुकोे योजना रहेकोे छ । यस्तै ब्याडमिटन, भलिबल खेल सञ्चान गर्न प्रत्येक वडामा कवर्ड हलकोे व्यास्था र खेल क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्ने र उदयमान खेलाडीलाई प्रोत्साहनका लागि भिन्न प्रकारका खेलकुदको आयोजना गर्ने योेजना रहेको छ ।

यातायात क्षेत्र
स्थानीय क्षेत्रकोे ग्रामिण भेगमा सबैभन्दा ठूलोे आवश्यकता भनेको नै यातायात हो । विशेष गरी ताप्लेजुङको सदरमुकाम देखि गाउँपालिका जाने सडक कच्ची रहेको छ । यो बाटोमा हिउदोकोे समयमा धुलो र वर्षा सिजनमा त गाडी नै चल्दैन यसलाई मध्यनजर गर्दै पालिकाकोे केन्द्रबाट सदरमुकाम जोड्ने बाटो कालो पत्रे गर्न पहिलो प्राथमिकतामा रहेको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य क्षेत्र
सबै वडाका स्वस्थ्य संस्थाहरुबाट आधारभुत स्वस्थ्य सेवा उपलब्ध गराइने र वडाहरुमा विभिन्न समयमा निशुुल्क स्वस्थ्य शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । विपन्न वर्गका नागरिककाहरुका लागि आपतकालिन स्वस्थ्य समस्या परेका बेला स्वास्थ्य शिविर सञ्चालन तथा आधारभूत औषधी वितरण गर्नुका साथै स्वस्थ्य स्व्यमसेविका हरुलाई थप प्रोत्साहन भत्ताकोे व्यवस्था गर्ने लिम्बुले बताउनुभयो ।संगिता कार्की /ताप्लेजुङ



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..