१४ आश्विन २०७९, शुक्रबार

जीत बढाउँदै एमाले

प्रकाशित मिति :  ३१ बैशाख २०७९, शनिबार ११:४७


तीन गाउँपालिका अध्यक्षमा एमाले विजयी
काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६८९ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस) का देवबहादुर गुरुङले १८५ मत पाउनुभयो ।
त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६४१ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेपाली कांग्रेस) की लक्ष्मी गुरुङले २२५ मत ल्याउनुभएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनि एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध हुनुभएको थियो ।
यसैगरी मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का मनबहादुर गुरुङ १९४ मतका साथ विजयी हुनुभएको छ । गठबन्धनका धनबहादुर गुरुङले ३९ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले १५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवारलाई पराजित गर्नु भएको हो । वडाध्यक्षमा एमालेका मिनराज गुरुङ विजयी हुनुभएको छ ।


यसैगरी मनाङको चामे गाउँपालिका अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको छ । उहाँ ३२० महितसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत प्राप्त गर्नुभयो । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष हुनहुन्थ्यो ।
चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनुभएको छ । एमालेकी आशाकुमारी गुरूङले २७४ मत पाउनुभयो ।
चामे गाउँपालिका वडा नम्बर–५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी हुनुभएको छ । निर्वाचनमा उहाँ र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०÷३० मत आएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..