एमाले महाधिवेशवनमा २५ मुलुकका दलको शुभकामना सन्देश ,चार मुलुकका राजनीतिक दलको भौतिकरुपमै सहभागिता

काठमाडौँ । चितवनमा भोलिबाट सुरु हुने नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा २५ मुलुकका दलले शुभकामना सन्देश पठाएको र चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउँदैछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।
हर्षवद्र्धन र द्धिवेदी आजै अपरान्ह काठमाडौं आइपुग्नु भएको छ । भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा माक्र्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा माक्र्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ पनि महाधिवेशनमा सहभागी हुनुहुने छ । भाकपा लिब्रेसन बिहारको दल भएकाले गुप्ता र सौरभ पनि चितवन आउनुहुनेछ ।
कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउँदैछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।
२५ मुलुकबाट शुभकामना सन्देश प्राप्त भएको विदेश मामिला विभागका प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । ब्राजिल र भियतनामबाट शुभकामना सन्देश आउने क्रममा छ । राजदूतहरुलाई पनि निम्तो गरिएको र कतिपयले महाधिवेशनमा आउने जानकारी दिएको भट्टराईले बताउनुभयो ।
कम्युनिस्ट मुलुक क्यूवाले कोरोनाकै कारण आउन नसकेको जानकारी दिएको छ । उत्तर कोरियालाई पनि निम्तो गरिएको र शुभकामना सन्देश पठाउने जानकारी पठाएको जनाइएको छ ।