३ भाद्र २०७९, शुक्रबार

महाधिवेशनले पार्टी एक ढिक्का बनाउनेछः प्रवक्ता ज्ञवाली

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १३:२१


काठमाडौँ । नेकपा (एमाले)का प्रवक्त प्रदीप ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतासहितको महाधिवेशन हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आईतबार महाधिवेशनमा विचार र नेतृत्व विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा गत विधान महाधिवेशन गरेसकेकोले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताउनुभयो ।

उहाँले विधान महाधिवेशनले नीतिगत रुपमा पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । “नीतिमा एकता नै पार्टीमा एकता हो । हामी नीतिमा एकताबद्ध भइसकेका छौ” उहाँले भन्नुभयो, “सेती र त्रिशुली नदीको पानी फरक फरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”

उहाँले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दुरगामी प्रभाव पार्ने भएकोले एमालेको नीतिका सबैको चासो रहेको उल्लेख गर्दै भन्नुभयो , “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशन मार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सवै सार्वजनिक गरिसकेका छौ । अवको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौ । त्यसैले एकताको र नयाँ संकल्पको महाधिवेशन हुने छ ।”

। उहाँका अनुसार पार्टीको चौथौ महाधिवेशनमा माओत्सेतुङ र कांग्रेस वर्गीय सत्रु हो कि होइन भनेर मतदान गरेको र पाँचौ महाधिवेशनमा जनताको वहुदलिय जनवाद (जबज) पारित गरेको थियो ।

उहाँले धेरै महाधिवेशनमा नीतिगत प्रश्नमा केन्द्रीत भएकोका यसपटक भने नीति नभई नेतृत्वमा छलफल हुने बताउनुभयो । सचिव ज्ञवालीले नेतृत्वका लागि सहमतिका आधारमा अधिकत प्रयास गरिरहेका बताउनुभयो । एमालेविरुद्ध भ्रम सिर्जना गरिए पनि पार्टीमा भने नयाँ उर्जा थपिएको जनाउँदै उहाँले पार्टीको अव्हानमा वडा र पालिकास्तरको अधिवेशन र प्रतिनिधि छनोट हुुनुले देशव्यापी ऊर्जा थपेको बताउनुभयो ।
सचिव ज्ञवाली पार्टी महाधिवेशनपछि पार्टी शसक्त रुपमा लोकतन्त्र र गलत राजनीतिक विरुद्ध अगाडि बढ्ने धारणा राख्नुभयो ।

आफ्नो नेतृत्वका सरकार भत्काएर काग्रेसको नेतृत्वमा सरकार बनाउन पार्टीका नेता लागेको उल्लेख गर्दै भन्नुभयो, “एक भोट प्राप्त गर्न कार्यकतालाई कति दुःख गरेका छन । कम्युनिष्ट पार्टीको मत कांग्रेसको पाउमा चढाउनु दक्षिणपन्थी अवसरवाद हो ।”

उहाँले महाधिवेशनको प्रतिकमा एक सिंगे गैडाले झण्डा उचालेको राखेर पार्टीले मुलुकको आर्थिक आधारको स्रोत पर्यटन हो भनेर चिनाउन खोजेको स्पष्ट पार्नुभयो । “कोरोना भाइरसले मुलुकको अर्थतन्त्र थिलोथिलो परेको छ । एकसिंगे गैडोको प्रतिक राखेर पार्टीले पर्यटन प्रवद्धन गर्न खोजेको हो । तर केही साथीले नबुझेर गलत ढंगले प्रचार गरेका छन,”उहाँले भन्नुभयो, “गैडा रोज्नुको उद्देश्य हाम्रो मुलुक पर्यटन गन्तव्य हो । नेपाल सुरक्षित छ भन्न देखाउने हामीले गैडा रोजेका हौ । ”

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रीत प्रचार प्रसारलाई तीव्रता दिएको बताउनुभयो । उहाँले उद्घाटन सत्रमा देश विदेशमा रहेका संचारमाध्यममा प्रत्यक्ष प्रचारगर्ने व्यवस्था गरिएको बताउनुभयो । नारायण नदिको किनारामा सवै संचारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्नका लागि सिग्नल उपलब्ध गराउने उहाँको भनाई रहेको छ ।कार्यक्रममा चौतारी उपत्यकाका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..