३ भाद्र २०७९, शुक्रबार

एमाले अध्यक्ष ओली चितवनमा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १३:४९



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन आउनुभएको छ ।

बुद्ध एयरको जहाजबाट अध्यक्ष ओली दिउँसो सवा १ बजे भरतपुर विमानस्थलमा ओर्लनुभएको हो ।

अध्यक्ष ओलीलाई पार्टीका नेता कार्यकर्ताहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

पाँच दशक लामो राजनीतिक जीवनमा मुलुकको सबैभन्दा ठूलो दलको नेतृत्व गर्नुभएका ओलीले चितवनको सौराहामा १०औं महाधिवेशन उदघाटन गर्दै हुनुहुन्छ ।

एमाले महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म सौराहामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..