१४ मंसिर २०७९, बुधबार

बिग्रेको देशलाई बनाउन खेल क्षेत्रले सहयोग गर्छः केपी ओली

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:०१



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताउनुभयो ।

नेपाल खेलकुद महासंघले गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उहाँले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने काम गर्ने बताउनुभयो । ‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उहाँले भन्नुभयो, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ ।

विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ।’ मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐँठन हुने भन्दै उहाँले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्‍याउन खेल र व्यायामले सहयोग गर्ने बताउनुभयो । यसर्थ खेल मानव स्वास्थ्यका लागि अतिआवश्यक रहेको अध्यक्ष ओलीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..