४ जेष्ठ २०७९, बुधबार

अन्तर्राष्ट्रिय प्रवास कमिटी क्षेत्रबाट ३० जना प्रतिनिधि सहभागी हुने

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:१०



काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डाक्टर राजन भट्टराईले अन्तर्राष्ट्रिय प्रवास कमिटी क्षेत्रबाट ३० जना प्रतिनिधि सहभागी हुने बताउनु भएको छ । उहाँले प्रवासको कामलाई व्यवस्थित गर्न एमालेले भारत बाहेकको क्षेत्रलाई हेर्ने गरी अन्तर्राष्ट्रिय प्रवास कमिटी बनाएको बताउनुभयो ।

‘त्यसमध्ये पाँच ओटा महादेशबाट पाँच–पाँच जना रहनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘पाँच जना अन्तर्राष्ट्रिय प्रवास कमिटीबाट आउनुहुन्छ । सबै ठाउँमा सम्र्वसम्मत रुपमा प्रतिनिधि छनोट हुनुभएको छ । कतिपय प्रतिनिधि आउने क्रम पनि जारी छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..