दसौँ महाधिवेशनका लागि बेहुली जस्तै सिँगारिएको चितवन बन्यो एमालेमय

चितवन । करीब पाँच लाख मानिस उतार्ने बताउँदै आएको नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रको अन्तिम तयारी धुमधामसँग भएको छ । अहिले मुलुकभरीका नेता–कार्यकर्ता एमाले महाधिवेशनको उद्घाटनमा सहभागि हुन चितवन आइपुगेका छन् । दिउँसो १२ बजेबाट सुरु गरेर करीब पाँच बजेसम्ममा उद्घाटनसत्र सक्ने तयारी भएको एमालेले जानकारी दिएको छ ।
निकै धुमधामसँग बनाएको मञ्च वरपर लाखौँ मानिसले एकै पटक उद्घाटनसत्रको दृष्य हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ । उद्घाटनसत्र अघि बेहुली झैँ सिँगारिएको चितवन वरपरबाट लाखौँको संख्यामा बाहिरी जिल्लाबाट आएकाहरुको मुल जुलस विहान ११ बजेदेखि निस्कन सुरु भएको छ ।
निकै धुमधामसँग बनाएको मञ्च वरपर लाखौँ मानिसले एकै पटक उद्घाटनसत्रको दृष्य हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ । उद्घाटनसत्र अघि बेहुली झैँ सिँगारिएको चितवन वरपरबाट लाखौँको संख्यामा बाहिरी जिल्लाबाट आएकाहरुको मुल जुलस विहान ११ बजेदेखि निस्कन सुरु भएको छ । जताततै नेकपा एमालेको झण्डा र नाराले सिगाँरिएको चितवतन अहिले एमालेमय बनेको छ । विभिन्न भेषभुसासहितका झाँकी र बाजागाजा सहितको ¥यालीले अहिले चितवनमा एमाले महाधिवेशनको शोभा बढाएको छ । चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरुले थप शोभायमान बनेको छ ।

उपप्रमुख थापाले दिएको जानकारी अनुसार पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कन सुरु भएको छ । त्यसको चितवनकी नेतृ पार्वती रावल र नेता कृष्णभक्त पोखरेल लगायतले गरेका छन् । पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस सुरु भएको छ । नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नुभएको छ ।

मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको सहभागिता छ । प्रेस चौतारी नेपाल, अनेरास्ववियु, युवासंघलगायतले पनि आ–आफ्नै तयारीसहित जुुलुस निकालेका छन् । उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ । मञ्च वरीपरी तस्बिर खिच्नेहरुको लर्को देखिएको छ भने हरेक सडक र गल्ली एमालेमय बनेका छन् ।
