२३ मंसिर २०७९, शुक्रबार

नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन

प्रकाशित मिति :  १० मंसिर २०७८, शुक्रबार ०७:४३



चितवन । करीब पाँच लाख मानिसको सहभागितामा नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी किनारमा उद्घाटन भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चमा वरीपरी अहिले लाखौँ नेता–कार्यकर्ता उत्सवसहित भेला भैरहेका छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुग्नु भएको छ ।

अहिले राष्ट्रियगानसहित एमाले महाधिवेशनको उद्घाट सुरु भएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुनाहरुको उपस्थिति सुरु भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पनि सम्वोधन गर्ने कार्यक्रम छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुनेछ । अहिले रामबहादुर थापा वादलले स्वागत मन्तव्य राखिरहनु भएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..