नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टीको दसौँ महाधिवेशनको भव्य उद्घाटन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ महाधिवेशनको भव्यसमुद्घाटन गर्नुभएको छ । उहाँले रमिोटबाट झण्डोत्तोलन गर्दै दसौँ महाधिवेशनको विधिवत उद्घाटन गर्नुभएको हो ।
उहाँले राष्ट्रिय झण्डा, एमालेको झण्डा र हसियाँ हथौडा अंकित झण्डा एकैसाथ उठाएर उद्घाटन गर्नुभएको हो ।कार्यक्रम उद्घाटन अघि मञ्चमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकसाथ प्रवेश गर्दा त्यहाँ गडगडाहट तालीले स्वागत गरिएको थियो । उहाँहरु दुबै जनाले हात हल्लाएर अभिवादन गर्दा मञ्च वरपर रहेका लाखौँ कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए ।