२२ मंसिर २०७९, बिहीबार

नेपालगन्जमा अध्यक्षको उद्घोष‘एमालेसँग एक्लै लड्ने दुस्साहस नगर्नू’

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार १४:२८


एमालेको पक्षमा लहर : बाँकेमा पाँच हजार प्रवेशीलाई स्वागत

नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिनु भएको छ । एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको बृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त चेतावनी दिनु भएको हो ।


नेपाली काँग्रेस प्रचण्डपथमा लागेको बताउदै उहाँले भन्नुभयो–‘काँग्रेसले प्रधानमन्त्रीका लागि चार–चारवटा बैशाखी टेकेर सत्तामा अडेको छ । यदा कदा सुनिन्छ, यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम,एमालेसँग तपाईहरूको एक्लै लड्ने दम छैन ।’
आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो ‘हाम्रा कारण नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको छ ।’
आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस अहिलेका प्रधानमन्त्री देउवाले लिने दुष्प्रयास गरिरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो–‘हाम्रो सरकारले विद्युत उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ । विजुलीबाट चल्ने बसको कुरा पनि मैले नै शुरु गरेको हुँ । २० वर्षमा गर्न नसक्ने विकास हामीले गरेर देखाएका छांै ।’
एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको ब्यापार चल्न नसक्ने भएपछि विपक्षीहरूले पद बाँडेर सरकार ढालेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ बाँकी पृष्ठ ६ मा
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको घोषणा गर्नुभयो ।
सो अवसरमा उहाँले नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्व जिविस सभापति पशुपति दयाल मिश्र, अब्दुल करिम खान लगायत झण्डै पाँच हजार जनालाई एमालेमा प्रवेश गराउनु भएको थियो ।
‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो, बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो ।’ उहाँले भन्नुभयो ‘चुनाव अगाडी नै बाँकेमा एमालेले जितिसक्यो ।’
अध्यक्ष ओलीले पार्टीको दशौं महाधिबेशन ऐतिहासिक हुने र पार्टी थप बलियो बन्ने उद्घोष गर्नुभयो । एमाले कुनै जात, धर्म र भूगोल बिशेषको मात्र पार्टी नभएको चर्चा गर्दै उहाँले एमाले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, सम्पूर्ण धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको उल्लेख गर्नुभयो ।
मधेस र पहाडमा दैनिक हजारौं जनता एमालेप्रति आस्था राख्दै, बिश्वास गर्दै एमाले प्रवेश गरिरहेको बताउँदै उहाँले जति अफवाह फैलाए पनि सबैतिर एमाले झन् बलियो बन्दै गएको बताउनुभयो ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी कमिटी सदस्य,लुम्बिनी प्रदेश ईन्चार्ज तथा पूर्व मुख्यमन्त्री शंकर पोख्रेल,केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी,जिल्ला उपाध्यक्ष किष्मतकुमार कक्षपतीलगायतले सम्बोधन गर्नुभएको थियो । à



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..