केपी शर्मा ओली राष्ट्रवादी नेताः कमल थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा राष्ट्रवादी नेता भएको बताउनु भएको छ । नेकपा एमालेको दसौँ महाधिवेशनको भव्य समारोहलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले नाकाबन्दीका बेला भारतसँग नझुकेको प्रसङ्ग कोट्याउँदै तेल र रेलका कुरा केपी ओली नेतृत्वको सरकारका पालामा नै उठेको दाबी गर्नुभयो । उहाँले चुच्चे नक्शा निकाल्ने आँट केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै उहाँलाई राष्ट्रवादी नेताको संज्ञा दिनुभयो ।