आगामी निर्वाचनमार्फत पुनः एमालेले सत्ताको बागडोर सम्माल्छः बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमार्फत पुनः एमालेले सत्ताको बागडोर सम्माल्ने दाबी गर्नुभएको छ । एमालेको दसौँ महाधिवेशन उद्घाटनसत्रमा सम्वोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा सँगै एउटै मञ्चमा रहेका बेला वर्तमान सरकार परमादेशबाट बनेको भन्दै एमालेमात्रै देशभक्त, अनुशासित र लोकतान्त्रिक पार्टी भएको पुष्टि भएको उल्लेख गर्नुभयो । बादलले प्रतिक्रियावादीहरुले नेकपालाई तीन टुक्रा बनाएको आरोप समेत लगाउनुभयो ।