नेकपा एमालेको अनलाईन नवयुगको पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा विधिवत उद्घाटन

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको अनलाइन सञ्चारमाध्ययम नवयुग डटकमको उद्घाटन गर्नुभएको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रवक्ता प्रदीप ज्ञवाली र अनलाइनका सम्पादक एवं डिजिटल मिडिया नवयुक डटकमका सम्पादक सूर्य थापासहित अध्यक्ष ओलीले अनलाइनको उद्घाटन गर्नुभएको हो ।
नेकपा एमालेले यस अघिसम्म विचार प्रधान पत्रिका नवयुग प्रकाशन गर्दै आएको थियो । सूचना र प्रविधिको विकासलाई अझै अघि बढाउन नवयुगको अनलाई सुरु गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्राईले जानकारी दिनुभयो ।