२२ मंसिर २०७९, बिहीबार

नेकपा एमालेले महाधिवेशनबाट एकताको सन्देश दिन पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढायो

प्रकाशित मिति :  ११ मंसिर २०७८, शनिबार ००:४५



चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व सम्वसम्मत छनोट हुने निश्चित जस्तै भएको छ । उद्घटनसत्रपछि बसेको नेकपा एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउँने निर्णय गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सकेसम्म सर्वसम्मत नेतृत्वको प्रस्ताव ल्याउन अधिकार दिएपछि नेतृत्व छनोट सर्वसम्मत हुने निश्चित जस्तै भएको हो । मध्यरातमा सौराहामा बसेको बैठकले नेकपा एमाले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले नवयुगलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अव एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ भने एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् ।‘पार्टी अध्यक्ष कमेरड केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अब उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ ।’

मध्यरातमा सौराहामा बसेको बैठकले नेकपा एमाले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले नवयुगलाई जानकारी दिनुभयो ।

नेकपा एमालेको चितवनमा उद्घाटनसत्रको अपार उपस्थितिको भावनालाई समेत आत्मसाथ गर्दै एमाले अब एकताबद्ध भएर अघि बढ्ने योजना अनुसार अघि बढेको एमालेले जानकारी दिएको छ । ‘केन्द्रीय समितिले गरेको निर्णय आजको बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेश गरिने छ,’ थापाले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..