२७ श्रावण २०७९, शुक्रबार

एमालेको बन्दसत्र सुरु, सर्वसम्मत नतेृत्व छनोटको प्रयास जारी

प्रकाशित मिति :  ११ मंसिर २०७८, शनिबार १०:००



सौराहा । नेकपा एमालेको दसौँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरु भएको छ । नेकपा एममाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयसहितको विधान संसोधन प्रस्ताव पेश गरिनेछ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध भएको सन्देश दिने उदेश्यले नेताको पद व्यवस्थापनलाई सहज बनाउन केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेको दसौँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरु भएको छ । नेकपा एममाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बन्दसत्र सुरु भएको हो ।

एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ भने एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् । पदाधिकारी संख्यासमेत थप गरिएको छ । अब उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुनेछ ।

बन्दसत्रमा विदेशबाट बोलाइएका अतिथिहरूले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने पनि कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..