हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो, यति छिटै हामी उठ्न सफल भयौँः अध्यक्ष ओली

सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भविष्य एमालेका आम नेता–कार्यकर्ताको हातमा सुरक्षित रहेको देखेको बताउनु भएको छ । महाधिवेशनको वन्दसत्रलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘आफ्ना पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य, देशको भविष्य, आन्दोलनको भविष्य, समृद्धिको यात्रा सुरक्षित देख्छु, ’ उहाँले भाबुक हुँदै भन्नुभयो, ‘त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’
उहाँले मानिसको जीन्दगीको टुंगो नहुने भन्दै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि निकै भाबुक भएर उदाहरण प्रस्तुत गर्नुभयो । ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन,’ उहाँले भन्नुभयो, ‘तर तपाईँहरु देखेपछि ढुक्क भएर सुत्न सक्छु, मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईँहरुलाई अगाडि देख्छु ।’
एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं ।’
उहाँले साहसी कार्यकर्ताहरुको अगुवाई गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको पनि बताउनुभयो । ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो,’ उहाँले भन्नुभयो, ‘एमाले आज देशको सबैभन्दा ठूलो र निर्णायक पार्टीका रुपमा रहेको छ । एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं ।’