एमालेले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा विकासको मार्ग पहिल्याउँदै आएको छः चिनियाँ कम्युनिष्ट पार्टी

सौराहा । नेकपा एमालेको जारी दसौँ महाधिवेशनमा शुभकामना सन्देश पठाउँदै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले एमाले नेपालको वामपन्थी शक्तिको रुपमा खेलेको भूमिकाको प्रशंसा गरेको छ । भौतिक रुपममै उपस्थित हुन सीपीसीलाई एमालेले आग्रह गरे पनि कोभिडका कारण भौतिक रुपमा कुनै प्रतिनिधि उपस्थित हुन नसकेको सो पार्टीले शुभकामना सन्देशमार्फत एमालेले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेकोमा खुशी व्यक्त गरेको हो ।
सीपीसीले पठाएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको पनि जनाइएको छ । राष्ट्रपति सी जिनपिङको काठमाडौं भ्रमणपछि दुई मुलुकबीच विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।

‘सीपीसीले हालै स्थापनाको सयवर्ष मनाएको छ र सो क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा भएको थियो’ शुभकामना सन्देशमा भनिएको छ, ‘ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता जोगेन्द्र शर्मालगायतले बन्दसत्रमा सम्वोधन गर्नुभएको थियो । अन्य विभिन्न देशबाट पनि एमालेलाई सन्देश प्राप्त भएको थियो ।